News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावका कारण रोग पालेर घरमै, परिवारको विचल्लि

सिखबर संवाददाताअसोज २४, प्यूठान
१८७९ पटक
असोज २४, प्यूठान

६५ वर्षिय वुवाले आँखा देख्दैनन्। घर परिवार चलाउन १६ वर्षको उमेरमा ६ कक्षामा पढ्दापढ्दै पढाई छोडेर काम खोज्दै भारत पुग्नुपर्यो। गत जेठमा नसासम्वन्धि रोगले समात्यो भने असार ४ गते आमाको मृत्यु भयो। भएको एक कित्ता भिर वेचेको २५ हजारले आफ्नो उपचारमा डुल्दा ठिक्क भयो। आमाको किरियाको ऋण तिर्नै वाँकी छ। नौवहिनी गाउँपालीका ८ फोप्लीका दिल वहादुर पुन आर्थिक अभावमा अहिले रोग पालेर छटपटाउनु परेको छ।

चारैतिर दशैको रमझम छ। सवैका घरमा उत्साह र उमंग छ। तर, दिल वहादुरको परिवारलाई नत दशैले छोएको छ नत उमंग नै आएको छ। परिवार चलाउने १६ वर्षिय उनिनै आर्थिक अभावका कारण उपचार गर्न नसकि रोगले थलिएर वस्नु परेको छ।

दशैको खर्च कटाएर भएपनी दिन वहादुर पुनको उपचारमा सहयोग गरौं। फजुल खर्च कटाएर सहयोगी हातहरु फैलाऔं। यौटा किशोर र उनको परिवारको जिवन वचाऔं।    –सम्पादक

उनका वुवा ६५ वर्षिय दले पुनले दुवै आँखा देख्दैनन्। आमाको मृत्यु भयो। १२ वर्षिय वहिनी ताजिमा पुन, ८ वर्षिय वहिनी खेमसरी पुन र ४ वर्षिय भाई उनै १६ वर्षिय दिल वहादुर पुनमाथी नै आश्रित थिए। तर, उनिसमेत नसारोगले थलिएपछी परिवारको समेत विचल्ली भएको छ। आर्थिक अभावकै कारण उनले नसारोगको उपचार गर्न सकेका छैनन्।

“आर्थिक अभावका कारण परिवार धान्नै विचल्ली छ। आर्थिक अभावका कारण उपचार गर्ने अवस्था छैन।” स्थानिय युवराज भण्डारीले भने– “सामान्य झमझमाउने समस्या वल्झिएर अहिले उभिन नसक्ने स्थितीमा पुगेको छ।”

आर्थिक अभावकै कारण १२ वर्षिय वहिनीले ३ कक्षावाट र ८ वर्षिय वहिनीले १ भन्दा वढी पढ्न सकेनन्। उव्जनिको नाममा अहिले १० डोका मकै उत्पादन भयो। घर चलाउने जिमेवारी आईपरेका उनि नै थलिएपछी उनको उपचार हुन सकेको छैन भने परिवारको समेत विचल्ली भएको छ। उनमा अहिले हिडन नमिल्ने हात सिधा नहुने, जिव्रो लरवराउने लगायतका समस्या देखिएका छन्।

आमाको मृत्यु र वुवाका दुवै आँखाको ज्योति गुमेपछी परिवार चलाउने जिम्मा पाएका दिल वहादुरले आफ्नो उपचारमा सहयोग गर्न सवैसंग आग्रह गरेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...