News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात

झुलेनी पोष्ट२०८० जेठ २४
१३८८ पटक
२०८० जेठ २४

झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् ।

भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २ जना सदस्य लिएर आएका एमसीले जि.सी. माथी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले पुष्टि गरेका छन् ।

शाखामा हातपात भएपछि आफूकहाँ जोगिन आएका योजना शाखाका जि.सी.सँग सोधपुछ गर्दा आफैलाई समेत आक्रमणको प्रयास भएको अधिकृत रिजालले बताए ।

प्रत्यक्षदर्शिका अनुसार महतराले मदिरा सेवन गरेर कार्यालयको योजना शाखामा भुक्तानीको लागि आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख शुवास खड्काले जानकारी दिए ।

घटनाबारे गाउँपालिका अध्यक्ष पित बहादुर महतरा सँग बुझ्दा कार्यालयमा घटना भएकाे पुष्टि गर्दै आफु बाहिर भएकाले थप जानकारी दिने स्पष्ट पारे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...