News Portal

रेडियो सुन्नुहोस्

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा मनाईयो

झुलेनी नेटवर्क२०८० असार १५
७६२ पटक
२०८० असार १५

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो ।

सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस मनाउने तथा कृषि सम्बन्धि कार्यहरुलाई प्राथमिकता दिने गरि कृषि तथा पशुपंछि विकास स्रोत केन्द्रको स्थापना समेत गरेको छ । स्रोत केन्द्रका लागि ५० लाख बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । वडा नं १ मा ३२ रोपनी र २ नं वडामा ३८ रोपनी गरी कुल ७० रोपनी जग्गा पालिकाले भाडाँमा लिएको सरुमारानी गाउँपालिका प्रवक्ता तथा वडा नं ४ का वडाध्यक्ष चिन्त बहादुर सोमै मगरले जानकारी दिए । उनका अनुसार यो बर्ष २५ रोपनी जग्गामा धान खेती गरिएको छ ।

‘हामी यहि असार २० गते श्रोत केन्द्रको लागि दुहुना भैंसी लिने तयारीमा छौ,’ सोमैले भने, ‘पालिकामा दुधको समस्या भएकाले भैंसीबाट दुध खपत गरि पालिकाभर पु¥याउने गाउँपालिकाको लक्ष्य छ ।’

कार्यक्रममा संविधान सभा सदस्य धन बहादुर रायमाझीले पालिकाले स्थापना गरेको कृषि तथा पशुपछी विकास श्रोत केन्द्रलाई विकास गरि रोजगारी बढाउन आग्रह गरे । ‘कृषि क्षेत्रको लागि यो ठाउँले धेरै संभावना बोकेको छै,’ उनले भने,‘कृषि क्षेत्रलाई विकास गरि यूवालाई रोजगार दिनुपर्छ ।’ हाल तरकारीको महंगी बढिरहेकाले तरकारी खेतीमा विशेष जोड दिनुपर्ने उनको रायमाझीको भनाई थियो ।

यस्तै ‘जलवायु अनुकूल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नारा का साथ २०औं राष्ट्रिय धान दिवस शुक्रबार गौमुखी माबिमा,भानुभक्त मा.वि मल्लरानी गाउँपालिका बर्बोटमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सिफारिस गरेका १३ जातका धान परिक्षणका लागि रोपिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोनका प्रमुख चुमान गिरिले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन प्यूठान, प्यूठान नगरपालिका, एकिकृति कृषि तथा पशुपछिं विकास कार्यालय, किसान महासंघको सयूक्त आयोजनामा प्यूठान नगरपालिका १ दाखाक्वाडीमा पनि धान रोपेर दिवस मनाईएको छ । दिवसको अवसरमा चैते धान खेती गर्ने किसानहरु प्यूठान नगरपालिका २ का भुवन के.सी, प्यूठान नगरपालिका ८ की सिमा पण्डित, प्यूठान नगरपालिका २ की शर्मिला रावत र ऐरावती ५ का किसान विर बहादुर के.सी लाई सम्मान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...