News Portal

रेडियो सुन्नुहोस्

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा मनाईयो

झुलेनी नेटवर्क२०८० असार १५
१०१७ पटक
२०८० असार १५

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो ।

सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस मनाउने तथा कृषि सम्बन्धि कार्यहरुलाई प्राथमिकता दिने गरि कृषि तथा पशुपंछि विकास स्रोत केन्द्रको स्थापना समेत गरेको छ । स्रोत केन्द्रका लागि ५० लाख बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । वडा नं १ मा ३२ रोपनी र २ नं वडामा ३८ रोपनी गरी कुल ७० रोपनी जग्गा पालिकाले भाडाँमा लिएको सरुमारानी गाउँपालिका प्रवक्ता तथा वडा नं ४ का वडाध्यक्ष चिन्त बहादुर सोमै मगरले जानकारी दिए । उनका अनुसार यो बर्ष २५ रोपनी जग्गामा धान खेती गरिएको छ ।

‘हामी यहि असार २० गते श्रोत केन्द्रको लागि दुहुना भैंसी लिने तयारीमा छौ,’ सोमैले भने, ‘पालिकामा दुधको समस्या भएकाले भैंसीबाट दुध खपत गरि पालिकाभर पु¥याउने गाउँपालिकाको लक्ष्य छ ।’

कार्यक्रममा संविधान सभा सदस्य धन बहादुर रायमाझीले पालिकाले स्थापना गरेको कृषि तथा पशुपछी विकास श्रोत केन्द्रलाई विकास गरि रोजगारी बढाउन आग्रह गरे । ‘कृषि क्षेत्रको लागि यो ठाउँले धेरै संभावना बोकेको छै,’ उनले भने,‘कृषि क्षेत्रलाई विकास गरि यूवालाई रोजगार दिनुपर्छ ।’ हाल तरकारीको महंगी बढिरहेकाले तरकारी खेतीमा विशेष जोड दिनुपर्ने उनको रायमाझीको भनाई थियो ।

यस्तै ‘जलवायु अनुकूल कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नारा का साथ २०औं राष्ट्रिय धान दिवस शुक्रबार गौमुखी माबिमा,भानुभक्त मा.वि मल्लरानी गाउँपालिका बर्बोटमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सिफारिस गरेका १३ जातका धान परिक्षणका लागि रोपिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोनका प्रमुख चुमान गिरिले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन प्यूठान, प्यूठान नगरपालिका, एकिकृति कृषि तथा पशुपछिं विकास कार्यालय, किसान महासंघको सयूक्त आयोजनामा प्यूठान नगरपालिका १ दाखाक्वाडीमा पनि धान रोपेर दिवस मनाईएको छ । दिवसको अवसरमा चैते धान खेती गर्ने किसानहरु प्यूठान नगरपालिका २ का भुवन के.सी, प्यूठान नगरपालिका ८ की सिमा पण्डित, प्यूठान नगरपालिका २ की शर्मिला रावत र ऐरावती ५ का किसान विर बहादुर के.सी लाई सम्मान गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...