प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् ।
छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ ।
उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने
झुलेनी नेटवर्क२०८० असार २७
२०८० असार २७ पत्रकार महासंघको परिचयात्मक कार्यक्रम सम्पन्न
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखा बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि
नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप...
प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान
नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर...
अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित...
संविधान संशोधनमा प्रमुख दलहरुको सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर