News Portal

रेडियो सुन्नुहोस्

बर्षातका कारण ६५ घरधुरी जोखिममा

झुलेनी नेटवर्क २०८० श्रावण ६
७९० पटक
२०८० श्रावण ६

शुक्रबार राती परेको अविरल बर्षाका कारण प्यूठान नगरपालिका १० का विभिन्न स्थानमा क्षति पुगेको छ। अविरल बर्षातका कारण ६५ घरधुरी जोखिममा परेका छन। छेपाने र काफलबुटाबाट झरेको लेदोसहितको बाढीले स्थानीय राम बहादुर जि.सी को २ वटा बाख्रा, डेढ क्वीन्टल कुखुरा र कुटानीपिसानी गर्ने मिल बगाएको हो ।

अविरल बर्षाका कारण क्षति तथा जोखिमयुक्त क्षेत्रमा खटिएर खरिबोट बजार देखि बुढादेबी बजारसम्म जोडिएको पुल अबरुद्ध हुँदा जेसीविको प्रयोग गरेर बाटो खुलाएको प्यूठान नगरपालिकाका नगर उपप्रमुख देबेन्द्र बर्माले जानकारी दिए । उनका अनुसार ती जोखिमयूक्त ठाउँहरुमा नगरपालिका शुक्रबार देखि शनिबार सम्म निरन्तर रुपमा खटेको समेत बताए ।
साथै बुढादेबी बजार, खरिबोट बजार र भुसवाङ खोला आसपासका बस्ती गरी करिब ६५ घरहरु जोखिममा रहेको प्यूठान नगरपालिका १० का वडा अध्यक्ष लोक बहादुर के.सीले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...