News Portal

रेडियो सुन्नुहोस्

बर्षातका कारण ६५ घरधुरी जोखिममा

झुलेनी नेटवर्क २०८० श्रावण ६
८०१ पटक
२०८० श्रावण ६

शुक्रबार राती परेको अविरल बर्षाका कारण प्यूठान नगरपालिका १० का विभिन्न स्थानमा क्षति पुगेको छ। अविरल बर्षातका कारण ६५ घरधुरी जोखिममा परेका छन। छेपाने र काफलबुटाबाट झरेको लेदोसहितको बाढीले स्थानीय राम बहादुर जि.सी को २ वटा बाख्रा, डेढ क्वीन्टल कुखुरा र कुटानीपिसानी गर्ने मिल बगाएको हो ।

अविरल बर्षाका कारण क्षति तथा जोखिमयुक्त क्षेत्रमा खटिएर खरिबोट बजार देखि बुढादेबी बजारसम्म जोडिएको पुल अबरुद्ध हुँदा जेसीविको प्रयोग गरेर बाटो खुलाएको प्यूठान नगरपालिकाका नगर उपप्रमुख देबेन्द्र बर्माले जानकारी दिए । उनका अनुसार ती जोखिमयूक्त ठाउँहरुमा नगरपालिका शुक्रबार देखि शनिबार सम्म निरन्तर रुपमा खटेको समेत बताए ।
साथै बुढादेबी बजार, खरिबोट बजार र भुसवाङ खोला आसपासका बस्ती गरी करिब ६५ घरहरु जोखिममा रहेको प्यूठान नगरपालिका १० का वडा अध्यक्ष लोक बहादुर के.सीले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...