News Portal

रेडियो सुन्नुहोस्

संर्घषका आयामहरु

झपेन्द्रराज बैद्य२०८० श्रावण ८
२७९ पटक
२०८० श्रावण ८
जीवनको पर्याय हो संघर्ष। हरेक दिन संघर्ष । साँझ बिहान संघर्ष। चुल्होचौका संघर्ष । खेतीपाती संघर्ष। गाँस बास संघर्ष । लिनदिन संघर्ष । प्रेममा संघर्ष । श्रीमान–श्रीमती संघर्ष । सबभन्दा ठूलो हो आफैँ भित्र संघर्ष । पहिले आफुलाई बदल अनि समाज बदल । अब आफ्नै संघर्षको यात्रा सुरु गरौं । पूर्बाद्धमा अभाबमा संघर्ष । जीवन जिउनको लागि संघर्ष । अध्ययनको लागि संघर्ष । खेती लगाउन संघर्ष । जीवनको हरेक मोडमा संघर्ष । मेरी आमा संघर्षशील । आमासँगै जिउन संघर्ष । बाउ नभएको अवस्थामा आमा मेरो अभिभावक । आमा सँगै संघर्ष। अनि मेरो मावली हजुर बा अभिभावक। हजुर बा साथमा पठनपाठनमा संघर्ष। समाजिक काममा संघर्ष । ईतर वर्गविरुद्ध संघर्ष । सामन्तीबिरुद्ध संघर्ष। चुनावमा संघर्ष । प्रधानपञ्चको अफरमा तिरस्कार। चुनाव बहिष्कारमा संघर्ष। संसदीय निर्वाचनमा भाग लिँदैन भनेर संघर्ष । संसदीय निर्वाचनमा दुई तरिकाले भाग लिने कुरा भएन । एउटा त शिक्षकको नाताले । अर्को हो पुँजीवादी चुनावमा भाग नलिने भनेर। पञ्चायती व्यवस्थामा भूमिगत नरहेकाले दर्जनौ पटक पुलिस चौकीमा होस् वा खलङ्गा सदरमुकाम पुलिस थानामा ।
         दुई महिने शिक्षक हड्तालमा शिक्षक संगठनका अध्यक्षलाई होइन मलाई नै गिफ्तार गरेर पुलिस ठानामा लगेको थियो । मलाई त्यसबेला पीडा होइन गर्वको अनुभूति थियो । शान थियो । मान थियो । घरमा ससाना केटाकेटी । आमाले काँधमा सबै कामको भारी बोक्नुपथ्र्यो । श्रीमतीसँग सामन्ती सँस्कारबिरुद्ध संघर्ष । पछिल्लो समय श्रीमती वामपन्थीमा रुपान्तरण ।
त्यसैले परिवर्तन र रुपान्तरणको लागि आमाको भूमिका र श्रीमतीको सहानुभूति रहेको थियो । म ठाउँ–ठाउँका स्कुलमा गएर अध्यापन कार्य गर्थें । संगठनको काममा व्यस्त हुन्थें । मैले शुरुमा अध्यापन गर्ने बिद्यालय प्यूठान रातमाटा मुक्ति मावि हो । जहाँ मैले पढेको थिएँ । स्कुलको बिकासको लागि माडिखोला गएर चन्दा संकलन गरिन्थ्यो । भवन निर्माणको लागि थक्लेनीको बनबाट काठ ल्याईथ्यो। पछि सरकारले सीआईडी पठाएको प्रधानाध्यापकलाई असहयोग गर्न ५–६ शिक्षकले राजीनामा दिएका थियौं । म लगायत ५ जनालाई प्यूठान जिल्लामा नै पढाउन बन्देज गरेको थियो जिल्ला सरकारले । तर हामीलाई  राजीनामा गर्न उत्प्रेरित गर्ने र योजना बुन्ने कम्युनिष्टका तत्कालीन हाकिमले हात हल्लाउँदै स्कुलमा पढाउन गएको देख्दा आश्चर्य लागेको थियो । यो धोका थियो तर क्रान्ति सबैको लागि थियो । देशका लागि थियो । म खटिनै रहेँ । पछि हामी ६ जना शिक्षक मध्ये कोही बिद्यालय निरीक्षक भए भने कोही लो. से. आयोगबाट सुब्बा भएका थिए । म भने ०३३/ ०३४ मा सल्यान कारागारमा एक वर्षको लागि बन्दी बनाइए । संघर्षको कारण अध्यापनको बन्देज फुकुवा भएको थियो, २०३६ को जनआन्दोलन पछि। त्यसैले मलाई स्थाई शिक्षक हुन एक वर्ष जति कुुर्नुु परेको थियो ।
                     म रातमाटा भएको अवस्थामा भिंगृका बिद्यार्थीहरुले अंग्रेजी शिक्षकका रुपमा मलाई ल्याउन हड्ताल गरेका थिए । मागअनुसार म गएँ। भिंगृ गएर २०३८ मा स्थायी भएको थिएँ । यस कुुरामा प्यूठान मरन्ठानाका ठानेदार मानबहादर केसी र अमर मा.बि भिंगृको अध्यक्ष होमबहादुर रोकायाको सदासयता थियो पुलिस रिपोर्ट मिलाउन। त्यसपछि २०३९ सालमा आफ्नै ठाउँ रातमाटामा आएर पढाउन थालें । यस बेला स्वप्रअ वीरबहादुर सिंहको सहानुभूति रहेको थियो । त्यसअघि म छिमेकी ३–४ जिल्लामा पनि अध्यापन कार्यमा हाजिर भएको थिएँ । साथै संगठनको काममा पनि ।
मेरो जीवनमा उतार–चढाव आएको छ । सँगै एउटै संगठनमा काम गरेका साथी मन्त्री प्रधानमन्त्री भएका छन् । क. पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षको साथमा म केन्द्रीय सल्लाहकार रहेको थिएँ । त्यसबेला दर्जनौं सल्लाहकार राख्ने चलन थिएन। पछि क. मोहन बैद्य किरणसँग म सल्लाहकारमा जोडिएँ । अहिले भन्नुपर्दा क. नेकपाका महासचिबसँग जोडिएकको छु सल्लाहकारमा । मेरो संघर्ष यथाबत नै रहेको छ । जीवनको उत्तरार्धमा म न्यूरोको कारण हिँडडूल गर्न नसक्ने भएर काठमाडौँमा बसोबास गरिबसेको छु । तर, लेखनबाट अन्यायबिरुद्ध संघर्ष गरिरहेको छु।
मैले ६०–७० को दशकसम्म साहित्यको साधना गरेँ । ८–१० वटा कीर्ति प्रकाशन गरेको छु । ५–६ वटा पत्रिकाको सम्पादक र हजारौं लेखहरु होलान् मैले सूचना बिभागमा पेश गरेर पत्रकारिताको लाइसेन्स ल्याइसकेको अवस्था छ । पछिल्लो समय बूढ्यौलीको कारण लाइसेन्स रिन्यू गर्न छाडेको छु। पत्रकार महासंघबाट मलाई वरिष्ठ साहित्यकारको सम्मान दिएकोमा म गौरवान्वित भएको छु। यसैगरी प्रगतिशील लेखक संघबाट   मैले प्रेस स्वतन्त्रता सेनानीको सम्मान पाएर गर्वको अनुभूति गरेको छु । यसमा वरिष्ठ पत्रकार प्रभात चलाउनेको ठूलो योगदान रहेको छ । बरिष्ठ पत्रकार चलाउनेजीलाई हार्दिक धन्यवाद । जनयुद्धको समयमा म मानबअधिकार सेवा केन्द्रको अध्यक्ष भएर काम गरेको थिएँ ।
               यसै क्रममा मैले खलंगा जिविस हलमा २०० जति सेना प्रहरीहरुलाई दुई पटकसम्म मानवअधिकारसम्बन्धी प्रशिक्षण दिने अबसर पाएको थिएँ । ३–३ घण्टाको प्रशिक्षण । भिंगृ गएर पनि प्रशिक्षण दिने अवसर जुटेको थियो। बहाने जाने पनि समय जुरेको थियो  ५–७ जनाको मानवअधिकारको गज्जबको टिम थियो । यसमा शिबराज पंडित, रामकृष्ण शर्मा, दीपक खड्का, टंकबहादुर खड्का, धर्मराज पंडित, दामोदर पोख्रेल आदि स्वतन्त्रता, न्याय र शान्तिका लागि । पहिले जनयुद्धमा मानवअधिकारको महत्व थियो । यसमा धेरै सहभागी भए । तर, आजकल यसको महत्व राखेको पाइँदैन ।
मेरो प्रमुख चासोको विषय भनेको राजनीति हो । आपूm उम्मेदवार नउठ्ने तर अरुलाई उठाउने । प्यूठानमा मोहनबिक्रम सिंह नेतृत्वको मसालबाट हरि आचार्य, नवराज सुबेदी तथा दीपक केसीलाई संसदीय सदस्यमा उठाएर विजय गराएको ताजा संस्मरण छ । त्यस पछि अहिलेसम्म चुनावमा लागिएको छैन । यस असफल संसदीय व्यवस्थाबाट जनताका जनजीविका समस्याहरु समाधान हुन सक्दैन भनेर निर्वाचनलाई बहिष्कार गर्दै आएको अवस्था छ ।
           संसदीय व्यवस्थामा दलाल नेता उत्पादन हुन्छन् । दलाल नेताहरुले नै एमसीसी भित्राएका हुन् । अब एसपीपी पनि क्रमशः आउँदैछ । असार ३० गते अमेरिकन सहायक बिदेशमन्त्री डोनाल्ड लू आएका छन् । उनले एमसीसी कार्यान्वयन गर्न कार्यालय स्थापना गर्ने भएका छन् । यसमा दलालहरुले सहयोग गरिरहेका छन् ।
स्मरण छ विगत खुल्ला मंचमा नेकपाको नेतृत्वमा ऐतिहासिक एमसीसीको बिरोध सभा भएको थियो। एमसीसीको बिरोधमा गाउँ र शहर जनसागर उर्लेको थियो । अहिले गाउँशहरमा एमसीसी बिरोध कार्यक्रम भइरहेको छ । मिटरब्याजेलाई कारबाही गरिएको छ । मिटरब्याजेलाई निस्तेज पार्न बिधेयक पास गरिएको छ । भूमाफिया र शोषणको सशक्त बिरोध गरिएको छ । १२ वर्षमा खोला पनि फर्कन्छ भन्छन् । अहिले क. प्रचण्डबाट अबैधानिक धन्दा गर्नेलाई भटाभट कारबाही गरिँदैछ । यसमा सबैको साथ र सहयोग आवश्यक छ । यसैको लागि अहिले समाजवादी मोर्चा गठन गरिएको छ । दुई पटक बैठक बसिसकेको अवस्था छ । अग्रगमनको लागि एकीकृत जनक्रान्ति जारी छ । वैज्ञानिक समाजवाद यसको लक्ष्य छ ।
(लेखक  प्रेस स्वतन्त्रता सेनानी हुन्।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न

प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका...

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको...

विवादास्पद व्यवसायी प्रसाईँद्वारा गल्ति स्वीकार

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा...

आजदेखि एनपीएल सुरु हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)...

सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु

सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ । अधिवेशनमा आ.व.२०८०/०८१...