News Portal

रेडियो सुन्नुहोस्

लघु कथा ‍- “तीन रात”

सरद बिष्टसरद बिष्ट
२८१६ पटक
सरद बिष्ट

 

“आयो आयो ! लौ आयो !! ”
एक विहानै झिसमिसे उज्यालोमा एक युवक करायो ।
म केही कुरा बुझ्न सकेन । झ्याल खोलेर सुस्त चियो गरेर वाहिर हेर्दा कुहिरोले घामलाई ढपक्क ढाकेको थियो । जाडोले हात र गोडा काँपिरहेका थिए । अलि पर फेरी उही युवकको आवाज सुनियो । हातमा थुप्रै पेपरहरु च्यापेर म भएको ठाँउतिर आउँदै थियो । म छक्क परेर सोचे, के हो उसले समातेको ? मलाई केही थाहा पनि भएन । काठमाण्डौंको लागि फेरि म बिल्कुल नयाँ मान्छे त्यसैले मलाई घुलमिल हुन ज्यादै गाहे भएको थियो । म वसेको घरको सामुन्ने उक्त युवक आएपछि उसलाई सानो आवाजमा के आयो भाई भनेर सोधे । आजको नयाँ पत्रिका आयो भन्दै उसले जानकारी गरायो । पत्रिकाको मूल्य रु.१० मात्र भएकोले उक्त पत्रिका किनेर सर्सर्ति हेरे । पत्रिकाको पहिलो पृष्ठमा लेखिएको थियो –“११ वर्षिय बालिकाको सामुहिक बलत्कार पछि हत्या” भन्ने शिर्षकलाई प्राथामिकता दिईएको थियो ।
मेरो नजिकै रहेका मान्छेहरु कानेखुशी गर्दैं थिए । म आश्चर्य परेर टोलाईरहे । न्युज हेडलाईनको मुनतिर श्रीमती द्धारा श्रीमानको घाटी रेटेर हत्या यस्तै यस्तै समचारले कभर भरिएको थियो । पत्रिकाको २,३ पेज पछाडि नेपालको समृद्धि र बिकास सम्वन्धि व्यङ्ग लेख छापिएको थियो । काठमाण्डौमा बिजुली वसको उद्घाटन जस्ता समचारले पनि पत्रिकाको पुछारमा स्थान पाएका थिए ।
घडीले बिहानको सात वजाईसकेकोले दिनभरको कामतर्फ ब्यस्त भए । साँझ घर फर्कने क्रममा मट्ठीतेलको डीलरमा पुगे । त्यहाँ लेखिएको थियो –“ यहाँ मट्ठीतेल छैन ।” तीन रात सम्म खाना नखाएर जीवन गुजार्नु पर्दा छट्पटी लागेर कहिले अाफ्नाे जन्मभुमि फर्कु जस्तो भएको थियो ।

लघु कथाकार सरद बिष्ट – स्वर्गद्वारी नगरपालिका ३,प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...