


“आयो आयो ! लौ आयो !! ”
एक विहानै झिसमिसे उज्यालोमा एक युवक करायो ।
म केही कुरा बुझ्न सकेन । झ्याल खोलेर सुस्त चियो गरेर वाहिर हेर्दा कुहिरोले घामलाई ढपक्क ढाकेको थियो । जाडोले हात र गोडा काँपिरहेका थिए । अलि पर फेरी उही युवकको आवाज सुनियो । हातमा थुप्रै पेपरहरु च्यापेर म भएको ठाँउतिर आउँदै थियो । म छक्क परेर सोचे, के हो उसले समातेको ? मलाई केही थाहा पनि भएन । काठमाण्डौंको लागि फेरि म बिल्कुल नयाँ मान्छे त्यसैले मलाई घुलमिल हुन ज्यादै गाहे भएको थियो । म वसेको घरको सामुन्ने उक्त युवक आएपछि उसलाई सानो आवाजमा के आयो भाई भनेर सोधे । आजको नयाँ पत्रिका आयो भन्दै उसले जानकारी गरायो । पत्रिकाको मूल्य रु.१० मात्र भएकोले उक्त पत्रिका किनेर सर्सर्ति हेरे । पत्रिकाको पहिलो पृष्ठमा लेखिएको थियो –“११ वर्षिय बालिकाको सामुहिक बलत्कार पछि हत्या” भन्ने शिर्षकलाई प्राथामिकता दिईएको थियो ।
मेरो नजिकै रहेका मान्छेहरु कानेखुशी गर्दैं थिए । म आश्चर्य परेर टोलाईरहे । न्युज हेडलाईनको मुनतिर श्रीमती द्धारा श्रीमानको घाटी रेटेर हत्या यस्तै यस्तै समचारले कभर भरिएको थियो । पत्रिकाको २,३ पेज पछाडि नेपालको समृद्धि र बिकास सम्वन्धि व्यङ्ग लेख छापिएको थियो । काठमाण्डौमा बिजुली वसको उद्घाटन जस्ता समचारले पनि पत्रिकाको पुछारमा स्थान पाएका थिए ।
घडीले बिहानको सात वजाईसकेकोले दिनभरको कामतर्फ ब्यस्त भए । साँझ घर फर्कने क्रममा मट्ठीतेलको डीलरमा पुगे । त्यहाँ लेखिएको थियो –“ यहाँ मट्ठीतेल छैन ।” तीन रात सम्म खाना नखाएर जीवन गुजार्नु पर्दा छट्पटी लागेर कहिले अाफ्नाे जन्मभुमि फर्कु जस्तो भएको थियो ।
लघु कथाकार सरद बिष्ट – स्वर्गद्वारी नगरपालिका ३,प्यूठान
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

