News Portal

रेडियो सुन्नुहोस्

सहयोगको याचनामा सानो ट्याक्टरले परिचित डेगबहादुर

बोम बहादुर परियारसाउन १७
७७१ पटक
साउन १७

प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोट का ६६ वर्षिय डेग बहादुर के सी आफ्नो उपचारको लागी सहयोग माग्दै हिडेका छन् । पिसाब थैलिमा ७० ग्रामको मासु पलाएपछि उपचारको लागि रकम जुटाउदै हिनेका हुन ।

युवा अवस्थामा तिन सय किलोको भारी बोकेर हिड्ने उनलाइ अहिले गाउँमा सानो ट्याक्टर भनेर पनि चिन्छन ।
साउन ३१ गते काठमाण्डौ स्थित बिर अस्पतालमा सल्यक्रिया गर्ने खर्चको जोहो गर्न चिकित्सकले झुन्डाइदिएको पिसाबथैली मै पसल पसलमा सहयोग जुटाउदै हिनेका छन ।

घरमा श्रीमती र एउटा सानो छोरा छन् । बिहान बेलुका एक गास जुटाउन धौ धौ पर्ने बताउदै उनले उपचारमा आर्थिक समस्या परेपछि सहयोगको लागि भौतारिएको वताए ।

दुःखका कुरा सुनाउदै उनले आफु संगका साथीभाइहरु मन्त्री सांसद बनेको सुनाए । ‘ उमेरका बेला धेरैलाइ सहयोग गरे,’ उनले भने , ‘धेरैका भारी बोके अहिले आफुलाइ दुःख पर्दा सहयोग गर्ने कोहि भएनन् ।’

उपचारको लागि ५ देखी ६ लाख खर्च आउने डेग बहादुरले बताए । २०१३ साल असोजमा झिमरुक गाउँपालिका ५ ओखरकोटमा जन्मिएका केसीलाइ वडाले सिफारीस दिएको छ । त्यहि सिफारिस देखाउदै उनी सहयोग संकलन गर्दै। हिँडेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...