News Portal

रेडियो सुन्नुहोस्

सहयोगको याचनामा सानो ट्याक्टरले परिचित डेगबहादुर

बोम बहादुर परियारसाउन १७
७८३ पटक
साउन १७

प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोट का ६६ वर्षिय डेग बहादुर के सी आफ्नो उपचारको लागी सहयोग माग्दै हिडेका छन् । पिसाब थैलिमा ७० ग्रामको मासु पलाएपछि उपचारको लागि रकम जुटाउदै हिनेका हुन ।

युवा अवस्थामा तिन सय किलोको भारी बोकेर हिड्ने उनलाइ अहिले गाउँमा सानो ट्याक्टर भनेर पनि चिन्छन ।
साउन ३१ गते काठमाण्डौ स्थित बिर अस्पतालमा सल्यक्रिया गर्ने खर्चको जोहो गर्न चिकित्सकले झुन्डाइदिएको पिसाबथैली मै पसल पसलमा सहयोग जुटाउदै हिनेका छन ।

घरमा श्रीमती र एउटा सानो छोरा छन् । बिहान बेलुका एक गास जुटाउन धौ धौ पर्ने बताउदै उनले उपचारमा आर्थिक समस्या परेपछि सहयोगको लागि भौतारिएको वताए ।

दुःखका कुरा सुनाउदै उनले आफु संगका साथीभाइहरु मन्त्री सांसद बनेको सुनाए । ‘ उमेरका बेला धेरैलाइ सहयोग गरे,’ उनले भने , ‘धेरैका भारी बोके अहिले आफुलाइ दुःख पर्दा सहयोग गर्ने कोहि भएनन् ।’

उपचारको लागि ५ देखी ६ लाख खर्च आउने डेग बहादुरले बताए । २०१३ साल असोजमा झिमरुक गाउँपालिका ५ ओखरकोटमा जन्मिएका केसीलाइ वडाले सिफारीस दिएको छ । त्यहि सिफारिस देखाउदै उनी सहयोग संकलन गर्दै। हिँडेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...