News Portal

रेडियो सुन्नुहोस्

सहकारीको विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्ने

झुलेनी नेटवर्क२०८० श्रावण २६
७९४ पटक
२०८० श्रावण २६

सहकारी संस्थाहरुको विकासमा स्थानीय सरकारले ध्यान नदिएको सहकारी अभियान्ताहरुले गुनासो गरेका छन् ।

शुक्रबार जिल्ला सहकारी संघ लि प्यूठानको आयोजनामा प्यूठानमा सहकारीहरुको अवस्था विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लाका स्थानीय तहहरुले सहकारीको विकासमा ध्यान नदिएको गुनासो गरे । ‘स्थानीय तहहरुसंग आफ्नो पालिका/नगरमा कति सहकारी कस्तो अवस्थामा छन भन्ने तथ्यांक समेत छैन,’त्रिशक्ति महिला बचत तथा ऋण सहकारी संस्था भिंगृकी चुमा रोकाले भनिन, ‘सहकारीको डुबेको ऋण असुलीमा प्रशासन र स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।’
सहकारी संस्थाहरुलाई स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्न सकेमात्र सहकारी संस्थाहरु फस्टाउन सक्ने ऐरावती बहुउद्देश्य सहकारी संस्था सरुमारानीका रेवतप्रसाद खनालले बताए । ‘ऐरावती बहुउद्देश्य सहकारी संस्थामा १ सय ७३ सदस्य छन्,’ उनले भने,‘ सदस्यहरुले बार्षिक ९ देखि १० टनसम्म मह उत्पादन गर्ने गरेका छन् । मह बिक्रिको लागि बजारको राम्रो व्यवस्था नभएका कारण सदस्यहरुले राम्रो आम्दानी लिन सकेका छैनन् ।’ प्यूठान नगरपालिका ८ कि पदमा पण्डितले जिल्लामा एउटा पनि चिस्यान केन्द्र सञ्चालनमा नभएका कारण कृषि सहकारीमा आबद्ध किसानहरुले धेरै दुःख भोग्नु परेको गुनासो गरिन । ‘हामीले उत्पादन गरेको कृषि उपज दाङ देउखुरी स्थित टिक्लीगढको चिस्यान केन्द्रमा पु¥याउनु पर्छ,’ उनले भनिन,‘यसले गर्दा किसानलाई आर्थिक भार थपिएको छ ।’ स्थानीय तहहरुसंग सहकार्य गरेर जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले चिस्यान केन्द्र सञ्चालन गर्नका लागि पहल गर्न उनले आग्रह गरिन ।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष शुशिल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका सल्लाहकार लोक बहादुर बस्नेत, जिल्ला बचत तथा ऋण सहकारी संस्था प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश बैद्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठान नगरपालिका ३ नयाँ बजारको सभाहलमा भएको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...