News Portal

रेडियो सुन्नुहोस्

तिहारको लागि फूले ढकमक्क सयपत्री फूल

बिबश जि.एम २०८० कात्तिक १४
११९८ पटक
२०८० कात्तिक १४

तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन केही दिन मात्र बाँकी हुँदा फूलैफूल फुलेका बारी देख्दा तिहार घरदेैलोमा नै भित्रीसके जस्तो महसुस हुन थालेको छ । तिहारमा दाजुभाई तथा दिदी बहिनीहरुका लागि सप्तरङ्गी टिका र सयपत्री फुलको मालाले बिशेष महत्व राख्ने भएकाले पनि यो समयमा गाउँघरहरुमा पनि थोरैधेरै सयपत्री फुलहरु फुलेका देखिन्छ । खास गरी तिहारमा घर सजाउन होस वा दाजुभाई पुजा गर्न सयपत्री फूल राम्रो मानिन्छ ।


प्यूठानको प्यूठान नगरपालिपका –२ की रेखा बिष्ट र प्यूठान नगरपालिका –४ की राधा अधिकारीले संयूक्त रुपमा २०७४ सालमा संयुक्त रुपमा सञ्चालन गरेको पुष्प नर्सरीमा यतिबेला विभिन्न जातका तरकारीका बेर्नासँगै ढकमक्क सयपत्री फुल फुलेका छन् । फर्ममा अहिले दुई जनाले तरकारीका बेर्ना उमार्ने,तरकारी खेति गर्नेदेखि लिएर पुष्प नर्सरी समेत सञ्चालन गर्दै आएका छन् । करिब ४ लाख लगानीमा पुष्प नर्सरी फर्म सुरु गरिएको उनीहरु बताउँछन् । जिल्लालाई धान्न सक्ने गरी फर्ममा पहिलेको भन्दा यसबर्ष धेरै क्षेत्रफलमा फूलहरु लगाएको पुष्प नर्सरी सञ्चालक राधा अधिकारीले बताईन् । पहिले जिल्लालाई धान्न मुस्किल हुन्थ्यो राधाले भनिन्, ‘त्यसैले अहिले केही बढाएर जिल्लालाई पु¥याउन सक्ने गरी फूल लगाएका छौ ।’ तिहारलाई लक्षित गरी यो बर्ष ५ रोपनीमा ५० हजारको फूल लगाएका छौ अर्की सञ्चालक रेखा बिष्टले भनिन् ‘अन्य समयमा फूलको खपत नहुने भएकाले तिहारलाई मात्र लक्षित गरेर फूल लगाएका हौ ।’


उनीहरुले पछिल्लो समय प्लाष्टिकका फूलहरु बजारमा किनेर लगाउने प्रचलन बढेकोे भन्दै प्लाष्टिकको माला भन्दा एउटा भएपनि फूलको थुंगाको माला लगाउन जोड दिएका छन् । बजारमा देखिने रंगीचंगी प्लाष्टिकका मालाको सट्टा स्थानीयस्तरमा नै फुलेका सयपत्री र मखमली फुलको प्रयोग गर्दा स्थानीय उत्पादनले बजार पनि पाउने र राम्रो सजावट पनि देखिने उनीहरुको बुझाई छ ।

 

अरु कृषि व्यवसायभन्दा फूल खेती अलि बढी चुनौतीपूर्ण काम भएको उनीहरु बताउँछन् । पुष्प नर्सरी जिल्लामा नै राम्रोसँग सञचालन गर्न सके बाह््य आयातलाई रोक्न सकिने र जिल्लाको पैसा बाहिर नजाने उनीहरु बताउँछन् । यसको लागि आवश्यक प्राविधिक देखि बिउ बिजन, फूल नर्सरीको लागि आवश्यक औजार लगायतका सामान जिल्लामै सहज रुपमा पाउने भए केही राहत मिल्ने उनीहरुको भनाई छ । बाह्य प्लाष्टिकजन्य बस्तुलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नका लागि स्थानीय सरकारले बिशेष पहल गर्नुपर्ने उनीहको माग छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...