News Portal

रेडियो सुन्नुहोस्

तिहारको लागि फूले ढकमक्क सयपत्री फूल

बिबश जि.एम २०८० कात्तिक १४
१०२१ पटक
२०८० कात्तिक १४

तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन केही दिन मात्र बाँकी हुँदा फूलैफूल फुलेका बारी देख्दा तिहार घरदेैलोमा नै भित्रीसके जस्तो महसुस हुन थालेको छ । तिहारमा दाजुभाई तथा दिदी बहिनीहरुका लागि सप्तरङ्गी टिका र सयपत्री फुलको मालाले बिशेष महत्व राख्ने भएकाले पनि यो समयमा गाउँघरहरुमा पनि थोरैधेरै सयपत्री फुलहरु फुलेका देखिन्छ । खास गरी तिहारमा घर सजाउन होस वा दाजुभाई पुजा गर्न सयपत्री फूल राम्रो मानिन्छ ।


प्यूठानको प्यूठान नगरपालिपका –२ की रेखा बिष्ट र प्यूठान नगरपालिका –४ की राधा अधिकारीले संयूक्त रुपमा २०७४ सालमा संयुक्त रुपमा सञ्चालन गरेको पुष्प नर्सरीमा यतिबेला विभिन्न जातका तरकारीका बेर्नासँगै ढकमक्क सयपत्री फुल फुलेका छन् । फर्ममा अहिले दुई जनाले तरकारीका बेर्ना उमार्ने,तरकारी खेति गर्नेदेखि लिएर पुष्प नर्सरी समेत सञ्चालन गर्दै आएका छन् । करिब ४ लाख लगानीमा पुष्प नर्सरी फर्म सुरु गरिएको उनीहरु बताउँछन् । जिल्लालाई धान्न सक्ने गरी फर्ममा पहिलेको भन्दा यसबर्ष धेरै क्षेत्रफलमा फूलहरु लगाएको पुष्प नर्सरी सञ्चालक राधा अधिकारीले बताईन् । पहिले जिल्लालाई धान्न मुस्किल हुन्थ्यो राधाले भनिन्, ‘त्यसैले अहिले केही बढाएर जिल्लालाई पु¥याउन सक्ने गरी फूल लगाएका छौ ।’ तिहारलाई लक्षित गरी यो बर्ष ५ रोपनीमा ५० हजारको फूल लगाएका छौ अर्की सञ्चालक रेखा बिष्टले भनिन् ‘अन्य समयमा फूलको खपत नहुने भएकाले तिहारलाई मात्र लक्षित गरेर फूल लगाएका हौ ।’


उनीहरुले पछिल्लो समय प्लाष्टिकका फूलहरु बजारमा किनेर लगाउने प्रचलन बढेकोे भन्दै प्लाष्टिकको माला भन्दा एउटा भएपनि फूलको थुंगाको माला लगाउन जोड दिएका छन् । बजारमा देखिने रंगीचंगी प्लाष्टिकका मालाको सट्टा स्थानीयस्तरमा नै फुलेका सयपत्री र मखमली फुलको प्रयोग गर्दा स्थानीय उत्पादनले बजार पनि पाउने र राम्रो सजावट पनि देखिने उनीहरुको बुझाई छ ।

 

अरु कृषि व्यवसायभन्दा फूल खेती अलि बढी चुनौतीपूर्ण काम भएको उनीहरु बताउँछन् । पुष्प नर्सरी जिल्लामा नै राम्रोसँग सञचालन गर्न सके बाह््य आयातलाई रोक्न सकिने र जिल्लाको पैसा बाहिर नजाने उनीहरु बताउँछन् । यसको लागि आवश्यक प्राविधिक देखि बिउ बिजन, फूल नर्सरीको लागि आवश्यक औजार लगायतका सामान जिल्लामै सहज रुपमा पाउने भए केही राहत मिल्ने उनीहरुको भनाई छ । बाह्य प्लाष्टिकजन्य बस्तुलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नका लागि स्थानीय सरकारले बिशेष पहल गर्नुपर्ने उनीहको माग छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...