![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add-1.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2018/11/Untitled.png)
सामान्यतः लेखकको स्वभाव भन्नु कुनै एकान्तमा बस्नु र धाराप्रवाह मनमा बहने भावनाहरुलाई शब्दहरुमा उतार्नु हो । र, यसैलाई नै सिर्जना कार्यको रुपमा लिइन्छ । अंग्रेजी साहित्यमा रोमान्टिक कालका सदावहार चर्चित कबि वड्सओर्थले यसै अर्थ लगाए कबितालाई । साहित्य सधै रोमान्सको विषय रहेन । प्रकृति र धर्मको वरिपरी रहेन साहित्य । जीवन र जगतको आवश्यकताको अनुरुप जब बिज्ञानको प्रभाव देखिन सुरु भयो दुनियामा त्यसपश्चात साहित्यमा पनि धर्म र बिज्ञानको बिचको कम्प्रोमाइज देखिन थाल्यो । भनौ, लेखकहरु बिभाजित हुन सुरु भए । कोही धर्मको र कोही बिज्ञानको पक्षपोषक भएर लेख्न थाले । यो समय अंग्रेजी साहित्यमा भिक्टोरियन कालको हो जतिबेला समाजका समकालिन सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक मुद्दाहरुमा लेखकहरुले अत्याधिक कलम चलाए । यसरी साहित्य धर्म, प्रकृति मात्रैमा सिमित नरहेर सामाजिक मुद्दाहरुमा पनि केन्द्रित हुन थाल्यो ।
नेपाली साहित्य विकासको इतिहास त्यति लामो छैन तर पनि विकासका चरणहरुका बिशेषतामा तालमेल देख्न सकिन्छ । र, नेपाली साहित्यमा प्यूठानको उपस्थितिको इतिहास पनि गरिमामय छ । बनारस अध्ययन गर्न जाने समयदेखि सुमन पत्रिकाको प्रकाशन इतिहास अध्ययन गर्दा यो कुरा प्रष्ट हुन जान्छ । बि.स. २०२२ सालमा भएको विराट सम्मेलन र त्यसकै सेरोफेरोमा निर्मित देवकोटाको शालिक यसका प्रमाणहरु पनि हुन् । त्यसपश्चात पनि प्यूठानको साहित्य निकै उर्वर नै ररिह्यो । स्व. भुपेन्द्र सुवेदी, मोहनबिक्रम सिंह, मोहन बैद्य, मिन ब. बिष्ट हुँदै देवेन्द्रकुमार रिजाल, गेहराज थापा, टोपाराम आचार्य, झपेन्द्र बैद्य लगायत लेखकहरु लेखनमा सक्रिय देखिन थाल्नुभयो । धेरै जसो लेखकहरु अहिले पनि लेखनमा सक्रिय हुनुहुन्छ । बिजयराज आचार्य, भावेस भुमरी काठमाण्डुलाई, घनश्याम अस्तित्व, तिलक अधिकारी, यमुना मगरहरु दाङलाई कार्यथलो बनाएर लेखनमा सक्रिय रहि आएको पाइन्छ । प्युठानमै बसेर सक्रिय रुपमा साहित्य सिर्जना गर्ने युवाहरुमा युवराज भण्डारी र महेश थापाको नाम अग्रपंतिमा आउछ ।
२२ साल पश्चात प्युठानको साहित्य लेखनको गति मन्द र अभियान केही हदसम्म सुस्ताएको भने सत्य हो । ७१ साल माघ १६ र १७ गते अञ्चल साहित्य सम्मेलन सम्पन्न भयो । यी यस्ता गतिबिधीहरु छिटपुट रुपमा भइरहेका छन् तर निरन्तर रुपमा बिमर्श, बहस र छलफलको भने सदैब प्यूठानमा अभाव खड्किरह्यो । प्यूठान साहित्य परिषद्, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्रगतिशील लेखक संघ प्युठान शाखा लगायतका साहित्यिक संस्थाहरुले आफ्नो प्रयासले भ्याएसम्मका कार्यहरु गरिरहँदा रहँदै पनि एउटा युवा लेखकहरुको साहित्य समुह उल्लेखित अभावहरु मेटाउनका लागि आवश्यकता थियो । फलस्वरुप माझी साहित्य समूह, नेपालको आगमन भएको हो । निकट समयमै समूह दर्ता गरेर प्यूठानमा स्थापित साहित्यिक संस्थाहरुसंग समन्वय गर्दै आगामि दिनमा साहित्यिक गतिबिधीहरुलाई अगाडी बढाउने हामीहरुको उद्देश्य रहेको छ ।
प्युठानमा, प्युठान बाहिर एवं बिदेशमा बसेर बिभिन्न बिधामा कलम चलाउने यमुना मगर, युवराज दर्पण, तिलक अधिकारी, युवराज भण्डारी, महेश थापा आभास, आशा वली, सिताराम के.सी., सौगात अधिकारी, रमेश पोख्रेल, सिर्जु ठकुरी, दोर्ण घर्तिमगर, कमल घर्तिमगर, लिला मगर, किरणरवी अधिकारी, भिम पुन, मुना घर्तिमगर, शिशिर के.सी. सन्तोष सफल प्रेमी, छविलाल उत्सव, माधव मगर, लक्ष्मी मगर, सि.टी. मगर, श्याम कुमार क्षेत्री, सलिम अन्सारी, किस्बिन के.सी., केशवराज शर्माघनश्याम अस्तित्वहरु लगायतको सक्रियता, सहभागिता, सद्भाव र प्रेमका कारणयो समूहको स्थापना हुन पुगेको हो । प्यूठानको साहित्यलाई उचाइमा पुराउन बिभिन्न साहित्य सम्मेलन गर्ने, स्थापित लेखकहरुसंग विचार बिमर्श गर्ने र साहित्यमा काठमाण्डु र मोफसल बिच रहेको दुरीलाई कम गर्ने यो समूहको उद्देश्यहरु रहेका छन् । कला, साहित्य र संगीतमा रहेर यो समूहले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने ध्यये राखेको छ । हामी तपाई सबैको सहयोगको अपेक्षा राख्दछौ ।
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)