News Portal

रेडियो सुन्नुहोस्

माझी साहित्य समूहले रचना वाचन कार्यक्रम गर्दै

सिखबर संवाददाताकार्तिक १७ प्यूठान
१८१९ पटक
कार्तिक १७ प्यूठान

माझी साहित्य समूह, नेपालको आयोजनामा प्यूठानमा यही काक्तिक २० गते रचना वाचन एवं तिहारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम हुन लागेको छ । २०-२२ युवाहरू अभियन्ता रहेको यस समूहको यो पहिलो कार्यक्रम पनि हो ।

पछिल्लो समय प्यूठानको साहित्य, साहित्यिक गतिबिधी एवं साहित्य सम्बन्धमा बिचार, बिमर्श कम भइरहेको महशुस गरेर जिल्ला, जिल्ला बाहिर एवं रोजगारीको शिलशिलामा परदेसमा बस्ने २०-२२ युवा कबि एवं साहित्यकारहरूको समूहले माझी साहित्य समूह, नेपाल नाम दिएर यस्तो कार्यक्रम गर्न लागेको हो । घनश्याम अस्तित्व, यमुना मगर, सिताराम के.सी., तिलक अधिकारी, रमेश पोख्रेल, राज एकान्त, सौगात अधिकारी, राज अधिकारी, किस्बिन के.सी, सलिम अन्सारी, युवराज भण्डारी, महेश थापा, सन्तोस सफल प्रेमी, छबिलाल उत्सब, आशा वली, दोर्ण घर्तिमगर, श्यामकुमार क्षेत्री, लिला पुनमगर, भिम पुन, शिशिर के.सी., सिर्जु ठकुरी, केसबराज बसेल, युबराज दर्पण, रबिन श्रिपाली, माधब मगर, लक्ष्मी मगर, सि.टि. मगर, किरणरवी अधिकारी लगायत साहित्यका बिबिध बिधामा कलम चलाउने युवा साहित्यकारहरू यो समूहमा आबद्व हुनुहुन्छ ।

धेरै युवाहरू लेखनमा सक्रिय भइरहेको तर लेखनसंग सम्बन्धित आवश्यक गतिबिधिहरू प्यूठानमा शुन्य जस्तै अवस्थामा रहेको कारण यो समूहको आवश्यकता परेको समूहका अभियन्ता घनश्याम अस्तित्वले बताउनु भयो । राजधानी र प्यूठानको साहित्य जोड्नलाई यो समूहले पुलको काम गर्ने उहाँले बताउनुभयो ।उक्त कार्यक्रममा उपस्थित भइदिनुहुनका लागि पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजिबी, जनप्रतिनिधी लगायत सबैलाई समूहका अभियन्ता घनश्याम अस्तित्वले आग्रह गर्नुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...