News Portal

रेडियो सुन्नुहोस्

डल्ले सराय आज, सञ्चारमन्त्री शर्मा प्रमुख अथितीको रुपमा सहभागि हुने

हरि प्रसाद भण्डारी२०८० कार्तिक ३०
१२२८ पटक
२०८० कार्तिक ३०

राक्षसी स्वभावका राजामाथिको बिजय उत्सवको रुपमा मनाईने ऐतिहासिक डल्ले सराय नाच आज लाग्दैछ। ‘जाँट वंशीय राक्षसी राजालाई पराजित गरेको अवसरमा त्यतिवेलादेखि निकाल्न थालिएको’ भन्ने किंवदन्ती रहेको डल्ले सराय नाचमा आज नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख अथिती भई अवलोकन गर्ने प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले बताए।

हरेक वर्ष भाईटिकाको अर्कोदिन लाग्ने डल्ले सराय नाच दशौं हजार दर्शकले अवलोकन गर्ने गर्दछन्। सराय नाचमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई पुरस्कार दिईन्छ। डल्ले सरायको प्रवर्द्घनका लागि प्यूठान नगरपालिकाले ५ लाख रुपैया बिनियोजन गरेको छ। उक्त रकम सरायको व्यवस्थापन तथा पुरस्कारमा वडा नं ७ मार्फत खर्च हुने प्यूठान नगरपालिकाका मेयर विष्णु योगिले बताए।

राक्षस स्वभावका राजाले वर्ष-वर्षमा एउटा मान्छेको मासु खाने गरेको र ती राजालाई पुन्यखोला डल्लेमा गई तरबारले हानेर मारेपछि यसैको खुसियालीमा चार गाउँबाट स्थानीय तरबार लिई वाख्यै/वाख्यै भन्दै नाच्दै खुसियाली मनाएको किम्बदन्ती रहेको छ ।

त्यसैबेलादेखि निरन्तर सराय नाच नाच्दै आइएको स्थानीय अगुवाहरु बताउछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...