News Portal

रेडियो सुन्नुहोस्

डल्ले सराय आज, सञ्चारमन्त्री शर्मा प्रमुख अथितीको रुपमा सहभागि हुने

हरि प्रसाद भण्डारी२०८० कार्तिक ३०
१४५४ पटक
२०८० कार्तिक ३०

राक्षसी स्वभावका राजामाथिको बिजय उत्सवको रुपमा मनाईने ऐतिहासिक डल्ले सराय नाच आज लाग्दैछ। ‘जाँट वंशीय राक्षसी राजालाई पराजित गरेको अवसरमा त्यतिवेलादेखि निकाल्न थालिएको’ भन्ने किंवदन्ती रहेको डल्ले सराय नाचमा आज नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख अथिती भई अवलोकन गर्ने प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले बताए।

हरेक वर्ष भाईटिकाको अर्कोदिन लाग्ने डल्ले सराय नाच दशौं हजार दर्शकले अवलोकन गर्ने गर्दछन्। सराय नाचमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई पुरस्कार दिईन्छ। डल्ले सरायको प्रवर्द्घनका लागि प्यूठान नगरपालिकाले ५ लाख रुपैया बिनियोजन गरेको छ। उक्त रकम सरायको व्यवस्थापन तथा पुरस्कारमा वडा नं ७ मार्फत खर्च हुने प्यूठान नगरपालिकाका मेयर विष्णु योगिले बताए।

राक्षस स्वभावका राजाले वर्ष-वर्षमा एउटा मान्छेको मासु खाने गरेको र ती राजालाई पुन्यखोला डल्लेमा गई तरबारले हानेर मारेपछि यसैको खुसियालीमा चार गाउँबाट स्थानीय तरबार लिई वाख्यै/वाख्यै भन्दै नाच्दै खुसियाली मनाएको किम्बदन्ती रहेको छ ।

त्यसैबेलादेखि निरन्तर सराय नाच नाच्दै आइएको स्थानीय अगुवाहरु बताउछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...