News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा “परियोजना अनुगमन तथा समन्वय समिति” को बैठक सम्पन्न

बिबश जि.एम२०८० पुस १२
६६४ पटक
२०८० पुस १२

सरुमारानी गाउँपालिकामा “परियोजना अनुगमन तथा समन्वय समिति” को बैठक सम्पन्न भएको छ । विहिबारको बैठकमा गाउँपालिका र हेफर प्रोजेक्टले सयूक्त रुपमा काम गर्ने सम्झौताको कार्यन्वयनका बिषयमा छलफल भएको सरुमारानी गाउँपालिका प्रवक्ता तथा ४ नं वडाका वडाध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए । यस साझेदारी कार्यक्रमले गाउँपालिका भित्र रहेका कृषि तथा पशुपालन गर्दै आएका किसानहरुलाई सहजिकरण गर्ने बताईएको छ ।

कृषि तथा पशु कार्यक्रमका लागि चालु आर्थिक बर्ष २०८०/०८१ मा गाउँपालिकाको ७० र हेफर प्रोजेक्टको तर्फबाट ३० प्रतिशत गरि ९९ लाख ५० हजार ८ सय ७७ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

“सरुमारानी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना” अन्तर्गत पर्ने कार्यक्रमले कृषि तथा पशुपालनमा सुधार ल्याउने उदेश्य सहित हेफर प्रोजेक्ट नेपालका बोर्ड सदस्य आरती पौडेल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकबीच गत मंसिर १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सुरु भएको बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबिराम पाठक, उपाध्यक्ष बसन्ता खड्का, हेफर प्रोजेक्टका बरिस्ठ कार्यक्रम अधिकृत महेश आचार्य, र सरुमारानी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक बेदराज पाण्डे लगायतको सहभागिता थियो ।

फोटो : चिन्ता सोमै मगर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...