News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा गैरकाष्ठ वन पैदावारबाट मात्रै भित्रन्छ वार्षीक ७ करोड

गिरुप्रसाद भण्डारी२०८० पुस २५
३२९ पटक
२०८० पुस २५

पछिल्लो समय जिल्लाका किसानले गैरकाष्ठ वन पैदावार विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । गैरकाष्ठ वन पैदावार, श्रीखण्ड, टिम्मुर, अल्लोधागो, दालचिनी, रिट्ठा लगायत जडिबुटी विक्रि गरेर जिल्लामा ७ करोड भन्दा बढि रुपैयाँ भित्रने गरेको वन डिभिजन कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार बहुमूल्य प्रजाती मानीने सेतो चन्दन(श्रीखण्ड)बाट मात्रै बार्षीक ३ करोड बढि रुपैयाँ भित्र्न्छ । टिम्मुरबाट २ करोड दालचिनीबाट १ करोड ५० लाख, अल्लोधागोबाट ५० लाख र अन्य गैरकाष्ठ पैदावारबाट ५० लाख भन्दा बढि रुपैया भित्र्ने गरेको छ ।

श्रीखण्ड बिक्रि गरेर प्यूठान नगरपालिकाको दाखाक्वाडि र स्वर्गद्धारी नगरपालिकाको भिंगृका किसानले राम्रो आम्दानी गरेको वन डिभिजन कार्यालय प्यूठानका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । कार्यालयका अनुसार हाल किसानले ३ हजार रुपैयाँ किलोमा श्रीखण्ड बिक्रिगर्दै आएका छन् । जिल्लाबाट दुई जना व्यापारीले श्रीखण्ड संकलन गरेर निकासी गर्ने इजाजत लिई श्रीखण्डको कारोवार गर्दछन् । गत वर्ष श्रीखण्डको व्यापार बुझ्न जिल्ला बाहिरबाट व्यापारी हेलिकप्टर समेत चाटर गरेर आएका थिए ।

शुरुमा खादाक्वाडीबाट फैलिँएको चन्दन बिजयनगर, खैरा, रम्दी बिजुवार, भिंगृ र बांगेसाल क्षेत्रमा फैलिएको छ । कार्यालयले नर्सरी बनाएर स्थानीयलाई श्रीखण्डको विरुवा वितरण गर्दै आएको छ । जिल्लाको बांगेसाल, बिजुवार, भिगृ र बरौलामा नर्सरी बनाएर किसानलाई विरुवा वितरण गर्दै आएको कार्यालयले जनाएको छ । यस वर्षबाट झिमरुक गाउँपालिकाको मच्छिबाट समेत नर्सरी सञ्चालनमा ल्याएर किसानलाई श्रीखण्डको विरुवा वितरण गर्न योजना बनाएको कार्यालय प्रमुख गुप्ताले बताए । कार्यालयले हरेक वर्ष १ लाख बढि श्रीखण्डका विरुवा उत्पादन गरेर किसानलाई वितरण गर्दै आएको जनाएको छ ।

चराको माध्यमबाट समेत श्रीखण्ड जिल्लाभर फैलिदै गएको छ । विउ, काठ र बेर्ना बेचेर स्थानीयले लाभ लिदै आएका छन् । २०२९ सालमा दाखाक्वाडीका स्थानीय माधवसिंह खत्रीले दक्षिण भारतबाट श्रीखण्डको बिउ लिएको स्थानीय बताउँछन् । प्यूठान नगरपालिका–२ दाखाक्वाडीका बेदप्रसाद पौडेलले हिजोआज स्थानीयले श्रीखण्ड संरक्षण गरेर जोगाउन थालेको बताए । ‘श्रीखण्ड हो भन्दा शुरुमा विस्वास लागेन’,उनले भने, ‘पछि जिल्ला वनले श्रीखण्ड भएको जानकारी गराएपछि संरक्षणमा लागेका छौ ।’ फलको बोक्रा चराले मन पराउने भएकाले जंगलैभरी फैलिएको पौडेलले बताए । १५ देखि २० वर्ष पुरानो बोटभएमा विक्रि गर्न लायक काठ मानिन्छ ।

यस्तै जिल्लाबाट हरेक वर्ष ५४ हजार किलो भन्दा बढि टिम्मुर निर्यालत हुने गरेको छ । यसबाट २ करोड बढि रुपैयाँ जिल्लामा भित्र्ने गरेको छ । जिल्लाको टिम्मुर पकेट क्षेत्रका स्थानीय जंगल, खर, खर¥याङमा र बारीका पाँटा छेउमा रहेका टिम्मुरका बोटबाट दाना संकलन गरेर स्थानीय व्यापारीलाइ बिक्रि गर्नेगरेका छन् । यसपाली जिल्लाको प्यूठान, स्वर्गद्धारी नगरपालिका, सरुमारानी, नौबहनि, गौमुखी गाउँपालिका क्षेत्रका किसानबाट १५ टन टिम्मुर खरिद गरेर बाहिर निर्यात गर्ने तयारी गरेको पुनम मसला उद्योग नयाँ बजारका सञ्चालन रेशम कुँवरले बताए । आफूले मात्रै किसान संगबाट ८० लाख रुपैयाँ बढिको टिम्मुर खरिद गरेको कुँवरले बताए ।

जिल्लाबाट १ करोड ५० लाख रुपैयाँ बढिको दालचिनीको निर्यात हुने गरेको कार्यालयले जनाएको छ । किसानले ८० मा बोक्रा र ४० रुपैयाँ किलोमा तेजपाट बिक्रि गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...