News Portal

रेडियो सुन्नुहोस्

अग्रजले आफ्ना जिवन संघर्षका कथा लेख्नुपर्छ : सांसद थापा

बिबश जि.एम२०८० पुस २८
७९७ पटक
२०८० पुस २८

प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले अग्रजहरुले आफ्ना जिवन संघर्षका कथाहरु लेख्न आवश्यक रहेको बताए । रविश्वर थापाको सिर्जीत कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तकको शनिबार आयुष्मा होटल जुम्रीमा विमोचन तथा उद्घाटन गर्दै सांसद थापाले यस्तो बताएका हुन् । नयाँ पुस्ताले पुराना कुराहरु विस्तारै लोभ गराउँदै गएको सन्दर्भलाई लिएर सांसद थापाले पुराना अग्रज व्यक्तिहरुले यस्तो कार्य गर्न जरुरी रहेको बताएका थिए । गौमुखी क्षेत्रलाई चिनाउन, सभ्य समाज निर्माण गर्न, समाज सुधार, पर्यटकीय विकास अघि बढाउन, अर्खामा भएका विभिन्न सांस्कृतिक अघि बढाउन यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताएका हुन् ।

विमोचन कार्यक्रममा साहित्यकार बीपी सेढाईं, साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा, हालका कार्यबाहक अध्यक्ष विमला खनाल, नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरूप्रसाद भण्डारी, लेखकका मित भाइ सुरेन्द्र जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशक मित्र थापाको आयोजनामा लेखक रविश्वर थापाको कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तक विमोचन भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...