News Portal

रेडियो सुन्नुहोस्

अग्रजले आफ्ना जिवन संघर्षका कथा लेख्नुपर्छ : सांसद थापा

बिबश जि.एम२०८० पुस २८
८१२ पटक
२०८० पुस २८

प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले अग्रजहरुले आफ्ना जिवन संघर्षका कथाहरु लेख्न आवश्यक रहेको बताए । रविश्वर थापाको सिर्जीत कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तकको शनिबार आयुष्मा होटल जुम्रीमा विमोचन तथा उद्घाटन गर्दै सांसद थापाले यस्तो बताएका हुन् । नयाँ पुस्ताले पुराना कुराहरु विस्तारै लोभ गराउँदै गएको सन्दर्भलाई लिएर सांसद थापाले पुराना अग्रज व्यक्तिहरुले यस्तो कार्य गर्न जरुरी रहेको बताएका थिए । गौमुखी क्षेत्रलाई चिनाउन, सभ्य समाज निर्माण गर्न, समाज सुधार, पर्यटकीय विकास अघि बढाउन, अर्खामा भएका विभिन्न सांस्कृतिक अघि बढाउन यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताएका हुन् ।

विमोचन कार्यक्रममा साहित्यकार बीपी सेढाईं, साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा, हालका कार्यबाहक अध्यक्ष विमला खनाल, नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरूप्रसाद भण्डारी, लेखकका मित भाइ सुरेन्द्र जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशक मित्र थापाको आयोजनामा लेखक रविश्वर थापाको कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तक विमोचन भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...