News Portal

रेडियो सुन्नुहोस्

सबै कम्यूनिष्ट पार्टी एकजुट हुनुपर्छः उपाध्यक्ष पौडेल

बिबश जि.एम२०८० माघ ७
७३९ पटक
२०८० माघ ७

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले लेनिनले गरेको सकारात्मक कार्य कम्यूनिष्ट पार्टीको लागि महत्वपूर्ण भएको बताएकी छिन् । आइतबार लेनिनको शताब्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल) ले प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । बाहिर विभिन्न नकारात्मक भ्रम फैलाएको भन्दै लेनिनको अनुसरण गर्दै कम्यूनिष्ट पार्टी बलियो बनाउन मोर्चाको आवश्यकता भएको पनि उनले बताईन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सबै क्रान्तिक्रारीहरुलाई लेनिनको योगदानको विषयमा प्रचारप्रसार तथा लेनिनको अनुसरण गर्न आवश्यक रहेको बताएका छन् । पार्टीभित्र गुटबन्दी हुने कार्यलाई निरुत्साहित गर्नको लागि कम्यूनिष्टको सिद्धान्त, विचार र लेनिनको सिद्धान्तलाई लिएर अघि बढ्न आवश्यक भएको बताएका थिए ।

नेकपा (मसाल) का जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, नेकपा (मसाल) लुम्बिनी प्रदेश पार्टी प्रवक्ता तिलक जि.सी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि खिम बहादुर वि.क, पार्टी कार्यकर्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...