News Portal

रेडियो सुन्नुहोस्

सबै कम्यूनिष्ट पार्टी एकजुट हुनुपर्छः उपाध्यक्ष पौडेल

बिबश जि.एम२०८० माघ ७
७५१ पटक
२०८० माघ ७

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले लेनिनले गरेको सकारात्मक कार्य कम्यूनिष्ट पार्टीको लागि महत्वपूर्ण भएको बताएकी छिन् । आइतबार लेनिनको शताब्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल) ले प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । बाहिर विभिन्न नकारात्मक भ्रम फैलाएको भन्दै लेनिनको अनुसरण गर्दै कम्यूनिष्ट पार्टी बलियो बनाउन मोर्चाको आवश्यकता भएको पनि उनले बताईन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सबै क्रान्तिक्रारीहरुलाई लेनिनको योगदानको विषयमा प्रचारप्रसार तथा लेनिनको अनुसरण गर्न आवश्यक रहेको बताएका छन् । पार्टीभित्र गुटबन्दी हुने कार्यलाई निरुत्साहित गर्नको लागि कम्यूनिष्टको सिद्धान्त, विचार र लेनिनको सिद्धान्तलाई लिएर अघि बढ्न आवश्यक भएको बताएका थिए ।

नेकपा (मसाल) का जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, नेकपा (मसाल) लुम्बिनी प्रदेश पार्टी प्रवक्ता तिलक जि.सी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि खिम बहादुर वि.क, पार्टी कार्यकर्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...