News Portal

रेडियो सुन्नुहोस्

किन पर्छ अनुहारको छाला चाउरी ? अनुहारको छाला चाउरी पर्न नदिन यसो गर्नुस् !

एजेन्सी
१३६१ पटक

चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ ।

अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः

पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ । जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ । तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ ।

दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ ।

घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।

एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ ।

साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला जवान व्यक्तिको जस्तै देखिन्छ ।

जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहारमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।

कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । अनुहारमो छालामा सुक्न लागेको कोषलाई बलियो बनाउनुको साथै कोष बृद्धि गर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...