News Portal

रेडियो सुन्नुहोस्

घरैघरले भरिदै प्यूठानको अन्नभण्डार

गिरुप्रसाद भण्डारी१९ मंसिर, प्यूठान
१९४६ पटक
१९ मंसिर, प्यूठान

हाल प्यूठान नगरपालिका कार्यालय भाडामा बसेको कालिका विकास केन्द्र भवन नजिकै झिमरुक फा“टकै मध्यभागमा मल्लरानी गाउ“पालिका खलंगाका नारायणलाल श्रेष्ठले पुर्खेयौली खेतमा धमाधम घर निर्माण गरिरहेका छन् । घाम ताप्न बाहिर बसेका निर्वाचित जनप्रतिनिधि, कर्मचारीबीच खेतकै बिचमा आएर कसले घर बनाए होला ? अव सकिने भो फा“ट भन्ने कुरा चल्छ । तर, फाट जोगाउने, बचाउने उपाए निकाल्न सक्दैनन् ।

‘आफ्नो जग्गामा घर बनाउदा रोक्ने हामीसग कुनै कानून छैन’,नगरप्रमुख अर्जुनकुमार कक्षपतीले भने,‘घर बनाउन त रोक्न सकेनौ व्यवस्थित पनि गर्न सकिएन ।’ उनका अनुसार दुई चार वर्ष पहिले प्लटिङ गरेर ठाउ ठाउबाट बाटो हालेर घर निर्माण भइरहेका थिए । हाल यो क्रम रोकिएपनि जग्गाधनी आफै घर निर्माण गर्ने बढेका छन् । ‘मानोरोपी मुरी फल्ने’ जिल्लाकै अन्न भण्डार प्यूठान उपत्यकाको झिमरुक फाट घरै घरले भरिन थालेको छ । फा“टमा वर्षेनी चारसय बढि नया घरहरु थपिन्छन् । राज्यको भू–उपयोग नीति स्पष्ट नहदा फाटमा घर निर्माण गर्नेक्रम रोक्न नसकिएको कक्षपती स्वीकार्छन् । ‘जग्गाको मालिक एउटा, खेती गर्ने किसान अर्को हुदा झिमरुक फाट क्षेत्रमा व्यवसायिक तररकारी खेती फस्टाएन’,उनले भने,‘किसानलाइ पल्काउने कार्यक्रम ल्याउने तयारी गरेका छौ ।’ उनले प्रदेश सरकारलले ल्याएको करार खेति कार्यक्रमलाई ध्यानदिएर सयौ जनालाई रोजगार सिर्जना गर्न सकिने बताए ।

‘पहेलपुर धान, गह, तरकारी फल्ने खेतहरुमा नया“ बजार नै बनेका छन्’,नगरपालिकाका नायव सुब्वा रामकृष्ण शर्माले भने,‘विद्युत खानेपानीको सिफारीसको लागि झिमरुक फाट क्षेत्रमा घर बनाएकाहरु वर्षमा चारसय बढि आउ“छन् ।’ बाग्दुला, दम्ती खप्रेङखोला, विजुवार, टिकुरी, पूण्यखोला, रातामाटा, दाखाक्वाडी जताततै घर निर्माण गरेर बसोबास गर्नेक्रम बढेको शर्माले बताए ।

‘बाह्रैमास झिमरुक नदिको पानीले सिंचाई हुने यस फाटमा व्यवसायिक कृषिखेती गर्नसक्ने सम्भावाना प्रर्याप्त छ’,आर्थिक पत्रकार प्रज्वल पहाडी भन्छन्,‘प्लटिङ रोकेर व्यवसायिक तरकारीखेती गर्ने बनाउने कसले ?’ उनले जिल्लामा दैनिक भित्रने तरकारी यहि उत्पादन गरेर सयांैलाई रोजगारीस“गै करोडौ“ रुपैया“ जिल्ला भित्र्याउन सकिने बलियो सम्भावना रहेको बताए ।

झिमरुक फाट क्षेत्रको खप्रेङखोला, गाजुरी, गेजबाङ, बाग्दुला, टिकुरी लगायत क्षेत्रका केहि किसानले तरकारी खेतीको शुरुवात गरेपनि व्यवसायिक रुपमा अझैसम्म अघि बढ्न नसकेको नगरपालिका कृषि शाखाका बालि विकास अधिकृत चेतबहादुर विष्टले बताए । झिमरुक फाटमा उव्जाएको अन्नले जिल्लाको खाद्यन्न आपूर्ति धान्न सक्ने क्षमता रहेको उनको भनाई छ । ‘झिमरुक फाटको संरक्षणमा धेरै पटक कुरा उठ्ने गर्छ’, विष्टले भने,‘फाट जोगाउन ठोस योजना अझै छैन ।’

डाडाका बस्तीहरुमा पानीको मुहान सुक्दै जानु, वैदेशिक रोजगारमा गएकाहरुका श्रीमतीहरु छोराछोरी पढाउन बेसी झर्दा झिमरुक फा“टमा जग्गाको कारोवार वर्षेनी बढ्दै गएको प्यूठान उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष माधबराज भण्डारीले बताए । ‘सपना जस्तो लाग्न थाल्यो फाटमा बजार बसेको देख्दा’, भण्डारीले भने,‘चारवर्ष अघि धान रोप्ने खेत हेर्दाहेर्दै शहर बने ।’ उव्जनी राम्रो हुने जग्गामा घरघडेरी र पाखो वारीमा खेती गर्दा खाद्यन्न उत्पादन घट्दै गएको उनको भनाई छ ।

स्थानीय सरकाले फाट बचाउने योजना बनाई किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम संचालन गरे अझै बचेको फाट जोगाउन सकिने भण्डारीले बताए । नगररभाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा पारेको छ । यद्यपी नगरपालिकाले यसको सही कार्यान्वयन भने गर्न सकेको छैन् । व्यवसायिक रुपमा झिमरुक फाटमा कृषि फर्म संचालन अझैसम्म कसैले पनि गरेका छैनन् । ‘खासामा उत्पादन भएका समान बेचेर जिल्ला समृद्ध बन्न सक्दैन’,प्यूठान नगरपालिका २ दाखाक्वाडीका उद्यमी मुक्ति पोख्रेलले भने,‘किसानहरु उत्पादनमा लाग्नुपर्छ ।’ उन्नत विऊ र उत्पादनमा अधारित अनुदान दिने कार्यक्रम नगरपालकाले लिए फा“ट जोगाउन सकिन्छ । झिमरुक फा“टलाई हरियाली बनाउने ठोस नीति नगरपालिकाले ल्याउनुपर्ने उनको भनाई छ । ‘झिमरुक फाटकै सौन्दर्यताले गर्दा जिल्ला आउने विदेसीले प्यूठान उपत्यकालाई स्वीजरल्याण्डसंग तुलना गर्दर्थे,’ पोख्रेलले भने, ‘जताततै घरै घरले भरिएर अव त कङक्रिटकोे जंगल जस्तो पो देखिन थाल्यो ।’

फाटको कुन क्षेत्रमा कति घर?
खप्रेङखोला–बाग्दुला क्षेत्र १ सय बढि
बाग्दुला बजार– टीकुरी १ सय ३० बढि
टिकुरी–पूण्यखोला ५० बढि
पूण्यखोला– बिजुवार १ सय ५
विजुवार– जुम्रीबजार १ सय २०
जुम्रीबजार–रातामाटा १ सय बढि
रातामाटा–दाखाक्वाडी झन्डै १ सय

जोगाउने ठोस योजना छैन
साविकको जिविस प्यूठानले झिमरुक फाटमा प्लटिङ गर्न रोक लगाएको थियो । प्यूठान नगरपालिकाको पहिलो परिषद्ले समेत भिमरुक फाटमा प्लटिङ गर्न रोक लगाएको हो । प्लटिङ गरेको क्षेत्रमा बनेका घरमा बिद्युत खानेपानीको सिफारीमा पनि केहि सयम रोक लगाईयो । तर, प्रभावकारी कार्यन्वयन गर्न नसक्दा दुई तीन वर्षमै दम्तीदेखि दाखाक्वाडी क्षेत्रमा दर्जनौ स्थानमा प्लटीङ गर्दै बाटो हाल्दै झण्डै आठ सय घरहरु थपिए ।

पछि स्थानीय तहको निर्वाचनपछि नया“ प्लटीङ बनाएर बाटो हाल्ने काम रोकिए पनि घर निर्माण गर्ने काम भने रोकिएको छैन् । ठूलाबडाको शक्ति लगाइ बिद्युत खानेपानीको सिफारीस लिएर जडान गरीरहेका छन् । बिजुवारको टारी, खलंगा पाण्डेडाडा, थापाडाडा,विजयनगर, सापडाडा“, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती विकास गरी क्वाडेकुलो भन्दा तल बस्ती बसाउन नदिने जिल्लाले नीति बनाएपनि प्रभावकारी कार्यान्वयन गर्न नसकिएको जिल्लाका मुख्य राजनीतिक दलका नेताहरु स्विकार्छन ।

-गिरुप्रसाद भण्डारीले प्यूठानवाट कान्तिपुर पव्लिकेसनमा लेख्छन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...