News Portal

रेडियो सुन्नुहोस्

प्रदेश ५ को समृद्धिका लागि कृषि र पर्यटन प्राथमिकतामा

सागर रिजाल१९ मंसिर, प्यूठान
१५२२ पटक
१९ मंसिर, प्यूठान

प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् । बुधबार प्युठानको जुम्री स्थित होटल आयुष्मामा आयोजित आवधिक योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरिय सुझाव संकलन गोष्ठि कार्यक्रममा उनले प्रदेशका १२ वटै जिल्लामा आवश्यक सुझाव संकलन गरि कृषि र पर्यटकिय क्षेत्रमा विकासका लागि कार्यक्रम तर्जुमा गरि अगि वढ्ने बताएका हुन् ।

गोष्ठिका प्रमुख अतिथि समेत रहेका चौधरीले प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निमार्णको प्रक्रियामै रहेको जानकारी गराए । उनले भने,–‘कृषि र पर्यटन पाँच नम्बर प्रदेशका विकासका मुख्य आधार हुन् । ’ कृषिको आधुनिकिकरण गर्न, कृषि क्षेत्रबाट रोजगारीको सिर्जना गर्न प्रदेश सरकारले अनुदानका कार्यक्रम अगाडी वढाएको बताए । उनले भने,–‘प्रदेशका १० वटा सहकारी मार्फत कोल्डस्टोर ५ वर्ष भित्रमा बनाउने योजनामा छौँ । ’ किसानलाई कृषि क्षेत्रबाट जीविका चलाउनका लागि प्रदेश सरकारले लिजमा जग्गा लिएर कृषि गर्न योजना अगाडी वढाएको उनले बताए ।

प्रदेश सरकारले पर्यटन प्रर्वद्धन, व्यवस्थापन गर्न नीति नियम अगाडी वढाएको उनले बताए । ५ नंम्बर प्रदेशको मुख्य पर्यटकिय क्षेत्र लुम्बिनी हो । उनले भने,–‘ लुम्बिनी आएका पर्यटकहरुलाई पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्धारी, बाग्लुङको ढोरपाटन लगाएतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दै छौँ ।’ प्रदेश सरकारले कृषि र पर्यटकिय क्षेत्र मार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि आवश्यक नीति, निमार्ण बनाउने चरणमा रहेको उनले बताए । पर्यटकिय क्षेत्रको अध्ययन, व्यवस्थापन गर्ने गरि अगाडी वढेको उनले बताए ।

प्युठानका नौमुरे र स्वर्गद्धारी केबलकार प्राथमिकतामा
प्रदेश सरकारको गौरवको आयोजनामा प्युठानको नौमुरे जलविद्युत आयोजना र स्वर्गद्धारी केबलकार परेका छन् । विजुली र सिंचाईलाई मुख्य प्राथमिकता देई गौरवको योजनामा परेको भौतिक पुर्वाधार मन्त्री चौधरीले बताए । त्यस्तै स्वर्गद्धारीमा केबलकार निमार्णका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडी वढाएको उनले जानकारी दिए । उनले भने,–‘स्वर्गद्धारीमा पर्यटनहरु वढदो संख्यामा रहेकाले केबलकारको काम सफल हुन्छ । ’

प्युठान गरिबिको रेखामुनी
प्युठान गरिबिको रेखामुनी रहेको मन्त्री चौधरीले बताए । भौगोलिक विकटताले गर्दा प्युठान पछाडी परेको उनले बताए । उनले भने,–‘प्रदेशका १२ जिल्ला मध्य प्युठान २ नंम्बरमा पर्दछ । ’ पहाडी जिल्ला मध्य प्युठान गरिबिको रेखामुनी परेको छ ।

प्रतिव्यक्ति आय २ हजार पु¥याउने लक्ष्य
९ सय ५० अमेरिकी डलरमा रहेको प्रतिव्यक्ति आयलाई प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ सम्ममा २ हजार बनाउने लक्ष्य लिएको मन्त्री चौधरीले बताए ।
होटल आयुष्मा जुम्री प्युठानमा भएको सुझाव संकलन गोष्ठीमा ४ समुह बनाइ सुझावहरू संकलन गरिएको छ । पहिलो समुहले समष्टिगत नीति र आर्थिक क्षेत्र, दोस्रोले सामाजिक क्षेत्र, तेस्रोले पूर्वाधार क्षेत्र र चौथो समुहले सुशासन, अन्तरसम्बन्धित क्षेत्र सुझावहरू संकलन गरि समूह एकआपसमा छलफल गरिएको छ ।
प्रदेश योजना आयोगका सदस्य पुष्प भुसाल लुइँटेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र हरि रिजाल लगायताका व्यक्तिको सहभागी रहेको थियो । भुसालले प्रदेश नम्बर ५ को आवधिक योजनाको क्षेत्रगत उदेश्य, रणनीति तथा कार्यनीतिहरू बारे संक्षेप्त बस्तुस्थिती बारे प्रस्तुति प्रस्तुत गरेकी थिइन ।

-सागर रिजालले प्यूठानवाट नयाँ पत्रिकामा लेख्छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...