News Portal

रेडियो सुन्नुहोस्

प्रदेश ५ को समृद्धिका लागि कृषि र पर्यटन प्राथमिकतामा

सागर रिजाल१९ मंसिर, प्यूठान
११५५ पटक
१९ मंसिर, प्यूठान

प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् । बुधबार प्युठानको जुम्री स्थित होटल आयुष्मामा आयोजित आवधिक योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरिय सुझाव संकलन गोष्ठि कार्यक्रममा उनले प्रदेशका १२ वटै जिल्लामा आवश्यक सुझाव संकलन गरि कृषि र पर्यटकिय क्षेत्रमा विकासका लागि कार्यक्रम तर्जुमा गरि अगि वढ्ने बताएका हुन् ।

गोष्ठिका प्रमुख अतिथि समेत रहेका चौधरीले प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निमार्णको प्रक्रियामै रहेको जानकारी गराए । उनले भने,–‘कृषि र पर्यटन पाँच नम्बर प्रदेशका विकासका मुख्य आधार हुन् । ’ कृषिको आधुनिकिकरण गर्न, कृषि क्षेत्रबाट रोजगारीको सिर्जना गर्न प्रदेश सरकारले अनुदानका कार्यक्रम अगाडी वढाएको बताए । उनले भने,–‘प्रदेशका १० वटा सहकारी मार्फत कोल्डस्टोर ५ वर्ष भित्रमा बनाउने योजनामा छौँ । ’ किसानलाई कृषि क्षेत्रबाट जीविका चलाउनका लागि प्रदेश सरकारले लिजमा जग्गा लिएर कृषि गर्न योजना अगाडी वढाएको उनले बताए ।

प्रदेश सरकारले पर्यटन प्रर्वद्धन, व्यवस्थापन गर्न नीति नियम अगाडी वढाएको उनले बताए । ५ नंम्बर प्रदेशको मुख्य पर्यटकिय क्षेत्र लुम्बिनी हो । उनले भने,–‘ लुम्बिनी आएका पर्यटकहरुलाई पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्धारी, बाग्लुङको ढोरपाटन लगाएतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दै छौँ ।’ प्रदेश सरकारले कृषि र पर्यटकिय क्षेत्र मार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि आवश्यक नीति, निमार्ण बनाउने चरणमा रहेको उनले बताए । पर्यटकिय क्षेत्रको अध्ययन, व्यवस्थापन गर्ने गरि अगाडी वढेको उनले बताए ।

प्युठानका नौमुरे र स्वर्गद्धारी केबलकार प्राथमिकतामा
प्रदेश सरकारको गौरवको आयोजनामा प्युठानको नौमुरे जलविद्युत आयोजना र स्वर्गद्धारी केबलकार परेका छन् । विजुली र सिंचाईलाई मुख्य प्राथमिकता देई गौरवको योजनामा परेको भौतिक पुर्वाधार मन्त्री चौधरीले बताए । त्यस्तै स्वर्गद्धारीमा केबलकार निमार्णका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडी वढाएको उनले जानकारी दिए । उनले भने,–‘स्वर्गद्धारीमा पर्यटनहरु वढदो संख्यामा रहेकाले केबलकारको काम सफल हुन्छ । ’

प्युठान गरिबिको रेखामुनी
प्युठान गरिबिको रेखामुनी रहेको मन्त्री चौधरीले बताए । भौगोलिक विकटताले गर्दा प्युठान पछाडी परेको उनले बताए । उनले भने,–‘प्रदेशका १२ जिल्ला मध्य प्युठान २ नंम्बरमा पर्दछ । ’ पहाडी जिल्ला मध्य प्युठान गरिबिको रेखामुनी परेको छ ।

प्रतिव्यक्ति आय २ हजार पु¥याउने लक्ष्य
९ सय ५० अमेरिकी डलरमा रहेको प्रतिव्यक्ति आयलाई प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ सम्ममा २ हजार बनाउने लक्ष्य लिएको मन्त्री चौधरीले बताए ।
होटल आयुष्मा जुम्री प्युठानमा भएको सुझाव संकलन गोष्ठीमा ४ समुह बनाइ सुझावहरू संकलन गरिएको छ । पहिलो समुहले समष्टिगत नीति र आर्थिक क्षेत्र, दोस्रोले सामाजिक क्षेत्र, तेस्रोले पूर्वाधार क्षेत्र र चौथो समुहले सुशासन, अन्तरसम्बन्धित क्षेत्र सुझावहरू संकलन गरि समूह एकआपसमा छलफल गरिएको छ ।
प्रदेश योजना आयोगका सदस्य पुष्प भुसाल लुइँटेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र हरि रिजाल लगायताका व्यक्तिको सहभागी रहेको थियो । भुसालले प्रदेश नम्बर ५ को आवधिक योजनाको क्षेत्रगत उदेश्य, रणनीति तथा कार्यनीतिहरू बारे संक्षेप्त बस्तुस्थिती बारे प्रस्तुति प्रस्तुत गरेकी थिइन ।

-सागर रिजालले प्यूठानवाट नयाँ पत्रिकामा लेख्छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य...

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन...

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र...

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न 

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा सम्पन्न...

गर्जेनी दुर्घटनाले झस्किन्छन् प्यूठानी

प्यूठान प्रवेश गर्ने मुख्य सडक भालुबाङ–प्यूठान सडकमा सवारी चाप बढे पनि  डबल लेन गर्ने काम...