News Portal

रेडियो सुन्नुहोस्

साढे २१ करोड बढि शिक्षा क्षेत्रमा खर्च भएको छ : अध्यक्ष क्षेत्री

बिबश जि.एम२०८० माघ २६
६५८ पटक
२०८० माघ २६

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले साढे २१ करोड भन्दा बढि शिक्षा क्षेत्रमा खर्च भएको बताएका छन् । शुक्रबार झिमरुक गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरको ६५ औं बार्षिक उत्सव तथा ३२ औं अभिभावक दिवस कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् ।

गाउँपालिकाबाट ४ करोड २८ लाख ९० हजार र प्रदेश तथा केन्द्रबाट १७ करोड ३७ लाख १४ हजार ८ सय गरि २१ करोड ६६ लाख ४ हजार ८ सय शिक्षा क्षेत्रमा खर्च भईरहेको जानकारी गराएका हुन् । साथै बाहिरी रुपमा पालिकामा बजेट धेरै नै हुन्छ भन्ने गरे पनि बास्तवमा त्यो नभएको अध्यक्ष क्षेत्रीको भनाई छ ।

झिमरुक गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरले ६५ औं बार्षिक उत्सव तथा ३२ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा शिक्षिका सरस्वता भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक बिजय सागर गिरीले विद्यालयको शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...