News Portal

रेडियो सुन्नुहोस्

विकास निर्माणका काम पुरा गर्न प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेको छु : अध्यक्ष खड्का

झुलेनी नेटवर्क२०८० माघ २९
५८१ पटक
२०८० माघ २९

गाउँपालिकाको विकास निर्माणका कामहरुलाई पुरा गर्न प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेर अघि बढेको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले दाबी गरेका छन् । सोमबार गाउँपालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले यस्तो बताएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै पालिका अध्यक्ष खड्काले पालिकाको गतिविधिहरुलाई निरन्तर रुपमा अघि बढाई रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले पालिकाले सबै वडामा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । साथै पालिकाको अनुगमन सहि ढङ्गले नियमित रुपमा अनुगमन गरि योजनाहरुलाई प्रभावकारी बनाउन आफुहरु निरन्तर रुपमा लागिपरेको जिकिर गरेका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सेवाग्राही र सेवाप्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमले भूमिका खेल्ने बताउँदै सबै वडामा पुगेर सार्वजनिक सुनुवाई गर्ने कामको प्रशंसा गरेका छन् । छलफलमा खानेपानी समस्या, शिक्षा, स्वास्थ्य, कृषि, विपद, खेलकुद, सिपमुलक तालिम, यातायात समस्या, सुकुम्बासी समस्या, बिद्धुत लगायत विषयसँग जोडिएका प्रश्नहरु उठाएका थिए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमानसिंह केसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत पत्रको नतिजा मल्लरानी मिडिया प्रा.लि.का सञ्चालक सुजल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

मल्लरानी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सोमबार गाउँपालिकाको वडा नं ५ खैरामा सार्वजनिक सुनुवाई गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...