News Portal

रेडियो सुन्नुहोस्

विकास निर्माणका काम पुरा गर्न प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेको छु : अध्यक्ष खड्का

झुलेनी नेटवर्क२०८० माघ २९
६०४ पटक
२०८० माघ २९

गाउँपालिकाको विकास निर्माणका कामहरुलाई पुरा गर्न प्रदेश तथा केन्द्र सरकारसँग सहकार्य गरेर अघि बढेको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले दाबी गरेका छन् । सोमबार गाउँपालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले यस्तो बताएका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै पालिका अध्यक्ष खड्काले पालिकाको गतिविधिहरुलाई निरन्तर रुपमा अघि बढाई रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले पालिकाले सबै वडामा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । साथै पालिकाको अनुगमन सहि ढङ्गले नियमित रुपमा अनुगमन गरि योजनाहरुलाई प्रभावकारी बनाउन आफुहरु निरन्तर रुपमा लागिपरेको जिकिर गरेका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सेवाग्राही र सेवाप्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमले भूमिका खेल्ने बताउँदै सबै वडामा पुगेर सार्वजनिक सुनुवाई गर्ने कामको प्रशंसा गरेका छन् । छलफलमा खानेपानी समस्या, शिक्षा, स्वास्थ्य, कृषि, विपद, खेलकुद, सिपमुलक तालिम, यातायात समस्या, सुकुम्बासी समस्या, बिद्धुत लगायत विषयसँग जोडिएका प्रश्नहरु उठाएका थिए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमानसिंह केसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत पत्रको नतिजा मल्लरानी मिडिया प्रा.लि.का सञ्चालक सुजल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

मल्लरानी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सोमबार गाउँपालिकाको वडा नं ५ खैरामा सार्वजनिक सुनुवाई गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...