News Portal

रेडियो सुन्नुहोस्

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

बिबश जि.एम२०८० फागुन ३
३०५ पटक
२०८० फागुन ३

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर सञ्चालन गर्न आग्रह गरेका छन् । विहिबार बिजय फूलबारी बचत तथा ऋण् सहकारी संस्थाको सभाहलमा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले आयोजना गरेको सहकारीमा सुशासनको लागि लेखा परीक्षकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले यस्तो बताएका हुन् । सहकारीबाट कुनै ठाउँमा ठगी भएको र सहकारी सञ्चालन पश्चात सहकारी डुब्ने गरेको बताउँदै यसको मुल्यमान्यतामा रहेर सञ्चालन गर्न उनले सहकारी सञ्चालक समितिलाई आग्रह गरेका हुन् । साथै जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तह कार्यक्षेत्र भित्र पर्ने सहकारीको नियमन गर्ने जिम्मेवारी स्वयम स्थानीय तह नै भएको समेत प्रजिअ अर्यालले जानकारी गराएको बताएका छन् ।

जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोख्रेलले सहकारी संस्था सञ्चालन गर्दा त्यसमा समस्या आउन नदिन आफुहरु लागि परेको बताए । सहकारी व्यवस्थित रुपमा अगाडी बढाउन सबैको सुझाव र सहयोग आवश्यक रहेको पनि उनले बताएका छन् । साथै जिल्लामा भएका स्थानीय तहभित्रका सहकारीबाट सोचेअनुरुपको रिपोर्ट आउन नसकेको बताउँदै उनले लेखा परीक्षकले यसमा चासो दिन आग्रह गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी सञ्चालनका लागि आवश्यक शिक्षा नभएको, कर्जा सुरक्षणमा उचित व्यवस्थापन नभएको, सहकारीको साधारण सभामा भएका निर्णयहरु नोट नगरेको, पालिकामा रहेका सहकारी संस्थालाई उचित तालिम नभएको, सहकारीमा गणपुरक संख्या नभएको लगायतका गुनासो सहित सुझाब दिएका छन् ।


सहकारीका सल्लाहकार प्रकाश वैद्यले दस्तावेजको रुपमा सहभागिहरुबाट आएको सुझाबलाई सहकारी सञ्चालक समितिलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा कोष लेखा नियन्त्रक कार्यालय प्यूठानका प्रमुख देवराज पोख्रेल, जिल्लामा रहेका सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...