News Portal

रेडियो सुन्नुहोस्

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

बिबश जि.एम२०८० फागुन ४
८४३ पटक
२०८० फागुन ४

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । शुक्रबार बच्चाहरुको खानपान, उचित शिक्षा, बानीब्यहोरा लगायतका कुरामा आफ्ना बच्चाहरुको लागि अति उपयोगी हुने भन्दै अभिभावकहरुका लागि शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक जानका के.सीले जानकारी दिईन् । प्रधानाध्यापक के.सीले विद्यालयको शिक्षक शिक्षिका भन्दा नजिक रहेर सबैभन्दा बढि शिक्षा दिने स्वयम अभिभावक भएको बताउँदै बच्चाको भविष्यको बारेमा सोच्न अति आवश्यक रहेको जानकारी गराईन् । यस्ता महत्वपुर्ण कार्यलाई प्रभावकारी बनाउन ३ वटै तहका सरकारले चासो दिनुपर्ने समेत उनले बताईन।

साथै विद्यालयले अभिभावकको लागि महत्वपुर्ण तालिमको आयोजना गरेको भन्दै विद्यालयका पुर्व शिक्षक कमल प्रसाद पोख्रेलले विद्यालयको प्रशंसा गरे । तालिमको सहजिकरणमा मुकुन्द रिजाल रहेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको तालिममा विद्यालयका शिक्षकशिक्षिका, ७० बढि अभिभावक लगायतको सहभागिता रहेको पनि प्रधानाध्यापक के.सीले जानकारी दिईन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...