News Portal

रेडियो सुन्नुहोस्

सहिद पार्कमा भौतिक संरचना थपिदै

बिबश जि.एम२०८० फागुन ९
६७३ पटक
२०८० फागुन ९

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित गरि पर्यटकलाई मनमोहक तरिकाले भित्र्याउन विभिन्न संघसंस्था, स्थानीय तह, पर्यटन बोर्ड, प्रदेश सरकार, उद्योग बाणिज्य संघ लगायतको लगानीमा शहीद स्मृति पार्कमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । केहि भौतिक संरचना निर्माण भइसकेका छन, भने केहि निर्माणाधिन छन् ।

पार्कमा अहिले क्यान्टिन, गार्ड भवन, शौचालय, गेट, टिकट काउन्टर र २ वटा पार्क निर्माण भइरहेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय घोराहीले ३ करोड ७९ लाख लागतमा हाल थप भौतिक संरचना निर्माण भइरहको छ । यसको लागि निर्माणको जिम्मा महेश इन्जिनियरिङ एण्ड विल्डर्स, सत्यवति कन्स्ट्रकस्न प्रा.लिले जिम्मा लिएको छ ।

आर्थिक बर्ष २०८०/०८१ भित्र निर्माण कार्य सकिने गरी गत भदौ देखि कार्य सुरु भएको सत्यवती कन्ट्रस्क्सन प्रा.लि का इन्जिनियर विवेक वलीले बताए । उनका अनुसार ९० प्रतिशत कार्य सम्पन्न भएको छ । पार्क निर्माणका लागि प्यूठान उद्योग बाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गरेको संघका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार २०७४ सालको प्यूठान महोत्सवबाट आम्दानी भएको रकम पार्कमा लगानी गरिएको हो ।

यस्तै पार्क निर्माणको लागि आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश सरकार र प्यूठान नगरपालिकाले ७० लाख रुपैयाँ खर्च भएको प्यूठान नगरपालिकाले जनाएको छ । यस्तै चालु आर्थिक बर्ष २०८०/०८१ को लागि प्यूठान नगरपालिका ७ वडाबाट ५ बिनियोजना भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...