News Portal

रेडियो सुन्नुहोस्

तरकारी खेतीमा रमाउँदै शारदा

हेमन्त पाठक२०८० फागुन १९
७२४ पटक
२०८० फागुन १९

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो । शारदाले व्यावसायिक रूपमा तरकारीले खेती र धान, गहुँ, मकै खेती पनि गर्दै आएकी छिन् ।

अरु भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि तरकारी खेती गर्न थालेको शारदा बताउँछिन् । श्रीमानले ३ बर्ष अघि देखि सुरु गरेको तरकारी खेतीलाई आफुले अहिले निरन्तरता दिएको उनको भनाई छ । तरकारी खेतीका लागि उनको बारीमा ६ वटा टनेलहरु रहेका छन् । ४ रोपनी जग्गामा शारदाले टमाटर, फुलगोपी, बन्दागोपी, काक्रा खेती गर्दै आएको सुनाउँछिन् । तरकारी बेचेर बर्षमा उनले ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गरेको सापकोटाले बताईन् ।

जिल्लामा तरकारी खेतीसंगै काक्रा खेती उनको लागि नयाँ अभ्यास भएको छ । १ रोपनी जाग्गाबाट सुरु गरेको तरकारी खेती आम्दानी बढ्दै गएपछि अहिले ४ रोपनी क्षेत्रफलामा खेती गर्दै आएको सापकोटाको भनाई छ । यहि व्यवसायबाट शारदाको ७ जनाको परिवार पालिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानको सहयोगमा व्यवसायिक रूपमा शारदाले तरकारी खेती सुरु गरेकी हुन् । मेहनत गर्न सके आफ्नै गाउँमा पनि सुन फलाउन सकिन्छ भन्ने उनी एउटा गतिलो उदाहरण बन्न सफल भएकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...