News Portal

रेडियो सुन्नुहोस्

तरकारी खेतीमा रमाउँदै शारदा

हेमन्त पाठक२०८० फागुन १९
५४८ पटक
२०८० फागुन १९

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो । शारदाले व्यावसायिक रूपमा तरकारीले खेती र धान, गहुँ, मकै खेती पनि गर्दै आएकी छिन् ।

अरु भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि तरकारी खेती गर्न थालेको शारदा बताउँछिन् । श्रीमानले ३ बर्ष अघि देखि सुरु गरेको तरकारी खेतीलाई आफुले अहिले निरन्तरता दिएको उनको भनाई छ । तरकारी खेतीका लागि उनको बारीमा ६ वटा टनेलहरु रहेका छन् । ४ रोपनी जग्गामा शारदाले टमाटर, फुलगोपी, बन्दागोपी, काक्रा खेती गर्दै आएको सुनाउँछिन् । तरकारी बेचेर बर्षमा उनले ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गरेको सापकोटाले बताईन् ।

जिल्लामा तरकारी खेतीसंगै काक्रा खेती उनको लागि नयाँ अभ्यास भएको छ । १ रोपनी जाग्गाबाट सुरु गरेको तरकारी खेती आम्दानी बढ्दै गएपछि अहिले ४ रोपनी क्षेत्रफलामा खेती गर्दै आएको सापकोटाको भनाई छ । यहि व्यवसायबाट शारदाको ७ जनाको परिवार पालिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई प्यूठानको सहयोगमा व्यवसायिक रूपमा शारदाले तरकारी खेती सुरु गरेकी हुन् । मेहनत गर्न सके आफ्नै गाउँमा पनि सुन फलाउन सकिन्छ भन्ने उनी एउटा गतिलो उदाहरण बन्न सफल भएकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...