News Portal

रेडियो सुन्नुहोस्

माडी नदी माथी झोलुङ्गे पुलको निर्माण हुँदै

बिबश जि.एम२०८० चैत्र २
६८३ पटक
२०८० चैत्र २

सरुमारानी गाउँपालिका ४ माडी नदी माथी झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । वडा नं ४ खन्नेबगर देखि सिरुबगर सम्म जोड्ने १ सय १७ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेको वडाध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको १३ प्रतिशत र संघिय शर्सत अनुदान मार्फत कुल ७२ लाख ८९ हजार १ सय ३३ रुपैंँया लागतमा काम सुरु भएको छ ।

उपभोक्ता समिति मार्फत बैशाख १५ गतेसम्म सम्पन्न गर्ने गरी काम ४५ प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माण पश्चात पूर्णागाउँ, अम्मरे, खन्नेबगर, सञ्जोखोला लगायतका स्थानीयले लाभ लिने भएका छन् । ७५ घरधुरी भएको सो क्षेत्रका साढे ३ सय जनालाई आवतजावत गर्न सहज हुने भएको वडाध्यक्ष सोमै मगरले जानकारी दिए ।

पुल नवन्दा त्यहाँका स्थानीयले करिब ३ घण्टाको घुमाउँरो बाटो मार्फत यात्रा गरिरहेका थिए । अब पुल सम्पन्न भएपछि १ घण्टामा वडा कार्यालय पुग्न सकिने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...