News Portal

रेडियो सुन्नुहोस्

पुस्तक व्यवसायी संघ प्युठानको अध्यक्षमा भण्डारी

सिखबर संवाददाताप्युठान,२२ मंसिर
२०५० पटक
प्युठान,२२ मंसिर

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानको नवौ साधारण सभा तथा चौथो अधिवेशनले सुभास चन्द्र भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको बरिष्ट उपाध्यक्ष ईश्वरसिंह विष्ट,दितृिय उपाध्यक्ष टिकाराम पुन,सचिव रमेश गिरी,कोषाध्यक्षमा बलदेव आर्चाय चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुन केसी,,प्रकाश जिसी,सुन्दर भण्डारी, चन्द्रकला श्रेष्ठ,नेत्रमणि आर्चाय,जगत जिसी चुनीएका छन् ।
सहसचिव पदको लागि नाम पछि राख्ने गरि समिति गठन गरिएको नवनिर्वाचित सचिव रमेश गिरीले जानकारी दिए । संघको सल्लाहाकारमा अर्जुन कुमार कक्षापती,दिनामणी पौडेल,बल बहादुर रोकाय,विस्नु प्रसाद घिमिरे रहेका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिहरू ईश्वरसिंह विष्ट,बल बहादुर रोकाय र प्रदेश प्रतिनिधिहरूमा मिनराज भट्टराई,वालाराम पोख्रेल, अर्जुन केसी रहने गरि सर्वसहमतिमा नयाँ कार्यसमिति गठन भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको चौथो अधिवेशन तथा नवौ साधारण सभा को उदघाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक केशवराज आर्चायले प्युठान जिल्लामा रहेका पुस्तक व्यवसायीहरूले पेशागत मर्यादा भित्र रहि आफ्नो पेशामा लाग्न सुझाव दिए । उक्त कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतीले प्युठान जिल्लाका विद्यालयहरूलाई समयमै पाठयपुस्तक पु¥याउने कामलाई पहिलो प्राथमिकतामा राखी सकारात्मक रूपमा व्यवसायी प्रतिस्पर्धाका साथ व्यापार गर्न आग्रह गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य वालाराम पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव मिनराज भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष चन्द्रकला श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...