News Portal

रेडियो सुन्नुहोस्

गौमुखि गाउंपालिकाद्धारा गरिव परिवारका लागि जस्तापाता वितरण

सिखबर संवाददाता२५ मंसिर, प्यूठान
१४४७ पटक
२५ मंसिर, प्यूठान

गौमुखि गाउपालिकाले खरको छानोमुक्त गांउ वनाउनका लागि जस्तापाता वितरण सुरुवात गरेको छ। गरिव घरपरिवारलाई लक्षित गरि जस्तापाता वितरण कार्य सुरु गरिएको गौमुखि गाउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले वताए।

गांउपालीका भरका १ हजार ६ सय ३३ घरपरिवारका लागि ५ हजार ५ सय ५४ वण्डल जस्तापाता वितरण गर्न लागिएको हो। जसका लागि गाउंपालीकाले ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैया रकम विनियोजन गरेको छ। कार्यविधि निर्माण गरि गांउपालीकामा सर्वे गरेर जस्तापाता वितरण सुरु गरिएको गांउपालीकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिए। कार्यविधिका अनुसार खरको छानो भएपनि स्थायि जागिर, पेन्सन र आर्थिक अवस्था मजवुत भएकाहरुलाई जस्तापाता वितरण गरिने छैन। साथै घर छाउनका लागि तयार भईसकेपछी मात्र जस्तापाता वितरण गर्नेगरी तयारी अगाडि वढाईएको प्रशासकिय अधिकृत अर्यालले वताए।

सोमवार गौमुखि गाउपालीका ३ रजवारावाट यो अभियानको सुरुवात गरिएको छ। घर छाउन तयार पारेका तिला मल्ल र कुल वहादुर मल्ललाई टिन वितरण गरि अभियानको सुरुवात गरिएको छ। टिन वुझ्दै तिला मल्लले गांउपालीकाले वितरण गरेको टिनले परिवारको जोखिम र वर्षैपिच्छे घर छाउने समस्यावाट मुक्त हुने आसा रहेको वन्दै गांउपालीकालाई धन्यवाद दिईन। ‘टिन पाउंदा म अत्यन्तै खुसि छु, सरकार घरमै आयजस्तो भएको छ।’ मल्लले भनिन ‘मजस्ता अरु गरिव घरपरिवारले पनि यो पाउन भन्ने आसा छ।’ रजवारामा मात्रै ५ सय ५ घरधुरीले टिन पाउनेछन्। जसका लागि घर छाउन तयार पारेर वडाकार्यालयमा निवेदन दिनुपर्नेछ।

विभिन्न विकास निर्माण लगायतका कार्यहरु थाति राखेर जनताको घरलाई खरको छानोमुक्त वनाउने अभियान सुरुवात गरिएको गाउंपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले वताए। ‘हामिले चुनाव जितेपनि हारेपनि सवैका लागि शाझा दुस्मन भनेकै गरिवि हो। त्यसैले गरिव जनताको आसु पुछ्न र जनताको दैलोमा सरकार आएको महसुस गराउन हामिले अन्य काम छोडेर गरिव जनताको घर छाउने कार्यक्रमलाई अगाडि वढाएका हौं।’ गाउंपालीका अध्यक्ष गिरीले भने–‘हामिले यो कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न विकास योजनाहरुको कटौति गर्नुपरेको छ। कार्यक्रमले जनसमुदायमा वास्तविक प्रभाव पार्नेछ भन्ने विश्वास छ।

गौमुखि गाउंपालीका वर्डा नं ३ का वर्डाअध्यक्ष जंग वहादुर पुनले स्थानिय सरकारको यो कार्यक्रमले गरिव परिवारमा खुसी ल्याउने वताए। कार्यक्रममा स्थानियले आफुहरु यो कार्यक्रमवाट खुसी भएको भन्दै विद्युत, सडक, शिक्षा, स्वास्थ्य र खानेपानिको समस्या रहेको भन्दै ति समस्या समाधानको पहल गरिदिन स्थानिय सरकारसंग माग गरेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...