News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुपको ११४ औं सहयोगार्थ कार्यक्रम कैलालीमा सम्पन्न

झुलेनी नेटवर्क२०८० चैत २५
७८१ पटक
२०८० चैत २५

नेपाली हर्ट ग्रुपले शनिबार कैलालीको एक आश्रममा सहयोग गरेको छ । ‘‘खाना नाना र छाना नभएकाहरुका लागि सहयोगार्थ अभियान, जहाँ जहाँ भएपनी हामी नेपाली” भन्ने मुल नाराका साथ ग्रुपले घोडाघोडी नगरपालिका बौनिया कैलालीको साहारा घरमा २ लाख बढी रकमको खाध्यान्न, कपडा सहयोग गर्दै १५ हजारको अक्षयकोष समेत स्थापना गरेको हो ।

दुःखका बेला देशको विभिन्न ठाउँमा पुगेर सहयोग गर्दै आएको हर्ट ग्रुपले यसपटक ११४ औं सहयोग कार्यक्रम बौनिया कैलालीमा गरेको नेपाली हर्ट ग्रुपका केन्द्रिय अध्यक्ष डिल्लिराज पराजुलिले बताए । फेसबुक, टिकटक, जस्ता समाजिक सञ्जालमा जोडिएर हर्ट ग्रुपका विभिन्न सदस्यहरुले देश बिदेशबाट संकलन गरिएको सहयोग रकम द्वारा सामाजिक काम गर्दै आएको उनले बताए ।

साहारा घरका अध्यक्ष एबम संचालक बल बहादुर बिस्टले सामाग्री सहयोग गरेको भन्दै हर्ट ग्रुप र सहयोगीलाई धन्यवाद दिएका छन् । हर्ट ग्रुपका केन्द्रीय अध्यक्ष डिल्लिराज पराजुलिको अध्यक्षतामा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका मेयर खडक राउत रहेका थिए ।

ग्रुपका विभिन्न जिल्लाबाट आएका सदस्य, स्थानिय जनप्रतिनिधि, प्रहरी, पत्रकारको उपस्थित थियो । सहयोग हस्तान्तरण कार्यक्रमको संचालन नेपाली हर्ट ग्रुपका सदस्य उत्तम लामाले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...