आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट चाँसो, चिन्ता एवं टिकाटिप्पणीहरु व्यापक रुपमा भएको पाइन्छ । यो एक प्रकारले स्वभाविक नै हुँदाहुँदै पनि केही समसामयिक पक्ष र सन्दर्भमा भने हामी सबै सजक र जिम्मेवार एवं सकारात्मक बन्न आवश्यक छ भन्ने लागेर यो संक्षिप्त विचार अगाडी सार्ने प्रयास गरेको छु ।
सिकाई एक निरन्तर प्रक्रिया हो। यसका लागि घर परिवार, टोल समुदाय हुँदै विद्यालयसम्ममा कहाँ के कस्तो बातारवण सिर्जना गरियो वा अवसर प्राप्त भयो भन्ने पक्षले प्रभावकारी भूमिका गर्छ। विद्यालयमा १० देखि ४ सम्मको केवल ६ घण्टाको समयलाई सबै किसिमबाट महत्वपूर्ण ठान्ने एक दिनको २४ घण्टाको बाँकी १८ घण्टाको समयलाई बेवास्ता गर्ने हाम्रो जुन अवस्था र चिन्तन छ त्यसमा सबै शैक्षिक सरोकार पक्ष जिम्मेवार चिन्तनशील एवं जवाफदेही बन्न आवश्यक छ । त्यो ६ घण्टाको विद्यालय समयको बढी महत्व हुँदाहुँदै त्यस समयबाट बढी उपलब्धी हासिल गर्न अन्य समयको पनि त्यत्तिकै महत्व हुन्छ भन्ने आसय हो।
सिकाई उपलब्धीलाई केबल सिमित अंकमा मापन गर्न सिमित समय उपलब्ध गराएर एउटा सिमारेखा बनाई पार गर्ने बित्तिकै उत्तम र थोरैले पार गर्न नसक्दा खत्तम भन्ने चिन्तन नै राम्रो होइन् । यस चिन्तनलाई सुधार गर्न ल्याएको निरन्तर मुल्यांकन र उदारकोन्नतीको कार्यक्रमको भावना र मर्मको बुझाई र गराई सकारात्मक हुन सकेन् ।
निरन्तर मुल्यांकनका नाममा आवधिक परीक्षा नगरेपनि हुने र उदारोकन्नोतीको नाममा फाल गर्न नपाईने रुपमा मात्र बुझाई भयो । बालबालिकालाई दण्डरहित तथा बालमैत्री वातावरणमा सिकाइका नाममा न्यूनतम अनुशासन र आचार संहिता पालनामा स्वतन्त्रताको दुरुपयोग हुँदै स्वच्छन्दता र उच्छृङ्खलताले व्यापकता पाउँदै गयो । यसै क्रममा विश्वव्यापी रुपमा कोभिड १९ आयो। त्यसको लामो समय प्रभाव प¥यो । मानिसको जीवन छ र अन्य चिजको महत्व हुन्छ, जीवन नै छैन भने अन्य कुराको के महत्व रु यस भनाईलाई आधार बनाई कोभिड प्रभावित समयमा नतिजा प्रकाशनलाई थप उदार बनायो । यसको विद्यार्थी तथा अभिभावकमा नकारात्मक बुझाई र प्रभाव प¥यो । मेहनत नगरे पनि सामान्य रुपमा भर्ना हुने परीक्षा दिने जस्ता प्रक्रिया पुरा गरे पास भईहालिन्छ भन्ने बुझाई भयो । यसका साथसाथै सरकारले नतिजा प्रकाशनमा ग्रेडिङ प्रणाली लागु ग¥यो । एसईईमा जुनसुकै ग्रेड ल्याउनाले सहजै पढ्न पाउने नीति ल्यायो । यसको पनि बुझाई सकारात्मक भन्दा नकारात्मक रुपमा बढी मेहनत गर्न नपर्ने रुपमा प¥यो । त्यसैगरी आधारभूत तहको अन्तिम परीक्षा कक्षा ८ लाई मान्ने र माध्यमिक तहको १२ कक्षालाई मान्ने अन्य कक्षा हचुवाका भरमा उदारता अपनाउने परिपाटीले शिक्षाको स्तर थप खस्किदै गयो ।
त्यस्तै गरी शिक्षा निःशुल्क उपलब्ध गराउने सरकारको नीतिको पनि सकारात्मक बुझाई भएन । पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने, निःशुल्क भर्ना गर्ने कार्यक्रमको अभिभावकले आफ्नो कुनै आर्थिक दायित्व नभएको रुपमा बुझियो । आवश्यक चासो र चिन्ता दिइएन । केबल स्कुलमा भर्ना गरिदिए आफ्नो कर्तव्य पुरा भएको रुपमा बुझाई भयो । कतिपय अवस्थामा कस्तो वातावरण भयो भने १०–४ को समयमा विद्यार्थीलाई शिक्षकले रबर ताने जस्तै तन्काउने र ४ बजे रबर छोडिदिए जस्तै छोडिदिने, अभिभावकले केही भूमिका निर्वाह नगर्ने, पुन अर्को दिन १० बजेपछि उही रबर तनाई गर्ने मात्र हुँदा त्यो अपेक्षा अनुसारको उपलब्धिमुलक हुन सकेन । निःशुल्क शिक्षा कार्यक्रम राम्रो हुँदाहुँदै पनि अभिभावकको पक्षबाट जहाँ लगानी छ, त्यहाँ चाँसो, जहाँ चाँसो त्यहाँ चिन्ता हुने र जहाँ आफ्नो लगानी छैन, त्यहाँ चाँसो कम, जहाँ चाँसो कम त्यहाँ चिन्ता पनि कम हुँदै जादा शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न जुन प्रकारको त्रीपक्षीय अभिभावक, विद्यार्थी र शिक्षकबीचको समान र समन्वयात्मक सक्रिय भूमिका हुनुपर्ने हो त्यो क्रमश कम हुँदै जादा समग्र शैक्षिक स्तर घट्दै गएको रुपमा बुझ्न सकिन्छ ।
यसरी शिक्षा क्षेत्रमा केन्द्रिय तहदेखी नीति निर्माण र कार्यान्वयात्मक पक्षमा तल्लोतहसम्म आईपुग्दा सम्बन्धीत सरोकारवाला सबै पक्षका भूमिकाहरुको यथार्थपरक रुपमा समिक्षा गर्दै आवश्यक कार्यशैलिमा परिवर्तन गर्दै अगाडी नबढ्ने हो भने शिक्षाको स्तर अझै घट्दै जाने निश्चित छ । र अहिले सामाजिक सञ्जालहरुमा अनेक प्रकारका टिकाटिप्पणीले कुनै सकारात्मक सन्देश प्रवाह गर्दैन् । यो केबल कुनै पक्षलाई संकेत गर्दै मनको आक्रोश प्रकट गर्ने माध्यम मात्र हुनेछ ।
त्यसैले हामी सबै जो जहाँ जे जस्तो भूमिकामा छौ आ–आफ्नो कर्तव्य र दायित्व पालना गर्दै अगाडी बढ्यौ भने मात्र शिक्षामा क्रमश सुधार ल्याउन सकिने छ । आ–आफ्नो आत्मा समिक्षा गरौं । प्रकृतिबाट सिकौं, धेरै सुनौ ९दुईकानबाट० कम बोलौ एक मुखबाट, धेरै गरौ दुई हातबाट, कम खाउ एक मुखबाट, त्यो पनि सानो घाँटीबाट अड्कलेर अनि अरुलाई एउटा औंला सोझ्याउनु पूर्व सबै औैंलालाई बुढी औलाले नियन्त्रण गरी एक मुठ्ठी बनौं र उद्देश्यमा केन्द्रित गरौं । बाँकी आफुतिर औंला फर्केकोलाई समिक्षा गरौं। अनि मात्र हामी सकारात्मक बन्ने छौ र सकारात्मक परिणाम पाउने छौं ।
नारायण पौडेल (प्रयासी)