News Portal

रेडियो सुन्नुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

झुलेनी नेटवर्क २०८१ बैशाख १७
७१९ पटक
२०८१ बैशाख १७

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका कारण परेको समस्यालाई मध्यनजर गर्दै नयाँ ट्रान्सफर्म राखेर विद्युत लाइन विस्तार गरिएको हो । नयाँ लाइनको सोमबार प्यूठानका संघिय सांसद सूर्य थापाले शुभारम्भ गरेका छन् ।

अस्पतालमा प्रयाप्त बिद्युत आपूर्ती नभएका कारण यहाँको सेवा प्रभाहमा समस्या परेको कुरा हल हुने भएको छ । कार्यक्रमा बोल्दै सांसद थापाले प्यूठान अस्पतालमा सेवा सुधार गर्न पहल गरीरहेको बताए । थापाले आफू निर्वाचित भईसकेपछि जिल्ला अस्पतालमा लुम्बिनी प्रदेशकै विशेषज्ञ चिकित्सक प्रयाप्त भएको अस्पतालको रुपमा रुपान्तरण गर्न सफल भएको बताए । नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले आयोजना गरेको जिल्ला अस्पतालमा नयाँ विद्युत लाईन शुभारम्भ कार्यक्रममा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । अस्पताको विद्युत समस्या समाधान गरेकोमा नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रलाई धन्यवाद दिए । ‘ केन्द्र देखिनै धेरै पटक पहल गरेपछि नयाँ लाइन विस्तार गर्न सफल भएको हो,’ उनले भने,‘यसले अस्पतालको सेवा प्रबाहमा सहजता हुने छ ।’

नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका कार्यालय प्रमुख महेन्द्र कुमार दासको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्यूठान नगरपालिकाका संस्थापक मेयरअर्जुन कुमार कक्षपती, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पर्मिला खनाल, प्यूठान नगरपालिका वडा नं ४ का वडाध्यक्ष रेशम कार्की, आँखा अस्पताल बिजुवारका अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, जेष्ठ नागरिक मंचका उपाध्यक्ष कमल पोख्रेल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...