News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

झुलेनी नेटवर्क २०८१ वैशाख २३
७२५ पटक
२०८१ वैशाख २३

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् । प्यूठान अस्पत्तालको भौतिक संरचना, निर्माणाधिन संरचनाहरु, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला लगायत सवै क्षेत्रको निरिक्षण गरेपछि मन्त्रि पुनले अस्पत्तालको विकासका लागि आफुले आवश्यक पहल गर्ने वताए ।

नवनियुक्त मन्त्रिलाई प्यूठान अस्पत्ताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले स्वागत गरेका थिए ।

निरिक्षण लगत्तै अस्पत्ताल विकास समितिका अध्यक्ष विष्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले अस्पत्तालको वर्तमान अवस्था र समस्याहरु मन्त्रिलाई जानकारी गराएकि थिईन ।

भौतिक संरचना तथा चिकित्सकको आवासको अभाव, विधुत समस्या, स्वास्थ्यकर्मिले नियमानुसार पाउने सुविधाको अभाव लगायतका समस्यासंग जुध्दै सेवालाई निरन्तरता दिईएको खनालले वताईन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पुनले चुस्त प्रशासन एवं ईमानदार र गुणस्तरिय सेवाप्रवाह गर्न निर्देशन दिए । सवै प्रादेशिक अस्पत्ताललाई ध्यानमा राखेर आवश्यकताको आधारमा सम्बोधन गर्ने योजनामा रहेको मन्त्रि पुनले बताए ।

कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, पुर्वमेयर अर्जुन कुमार कक्षपती, प्युठान नगरपालिकाका प्रवक्ता एवँ ३ न‌ वडा अध्यक्ष सुमनराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...