News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

झुलेनी नेटवर्क २०८१ वैशाख २३
७१५ पटक
२०८१ वैशाख २३

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् । प्यूठान अस्पत्तालको भौतिक संरचना, निर्माणाधिन संरचनाहरु, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला लगायत सवै क्षेत्रको निरिक्षण गरेपछि मन्त्रि पुनले अस्पत्तालको विकासका लागि आफुले आवश्यक पहल गर्ने वताए ।

नवनियुक्त मन्त्रिलाई प्यूठान अस्पत्ताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले स्वागत गरेका थिए ।

निरिक्षण लगत्तै अस्पत्ताल विकास समितिका अध्यक्ष विष्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले अस्पत्तालको वर्तमान अवस्था र समस्याहरु मन्त्रिलाई जानकारी गराएकि थिईन ।

भौतिक संरचना तथा चिकित्सकको आवासको अभाव, विधुत समस्या, स्वास्थ्यकर्मिले नियमानुसार पाउने सुविधाको अभाव लगायतका समस्यासंग जुध्दै सेवालाई निरन्तरता दिईएको खनालले वताईन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पुनले चुस्त प्रशासन एवं ईमानदार र गुणस्तरिय सेवाप्रवाह गर्न निर्देशन दिए । सवै प्रादेशिक अस्पत्ताललाई ध्यानमा राखेर आवश्यकताको आधारमा सम्बोधन गर्ने योजनामा रहेको मन्त्रि पुनले बताए ।

कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, पुर्वमेयर अर्जुन कुमार कक्षपती, प्युठान नगरपालिकाका प्रवक्ता एवँ ३ न‌ वडा अध्यक्ष सुमनराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...