News Portal

रेडियो सुन्नुहोस्

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

भुवन विश्वकर्मा२०८१ वैशाख ३१
८०९ पटक
२०८१ वैशाख ३१

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल आयुष्मा जुम्रीमा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय बिजुवारले कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अनुगमन अधिकृत माधव सापकोटाले संस्थाको संरचना दृष्टिकोण, प्रगति, संचालन प्रक्रिया एवं वित्तिय साक्षरता सम्बन्धि गोष्ठी तथा प्रशिक्षण दिएका थिए । यस्तै शाखा प्रमुख विजय कुमार बोगटीले शाखाको हाल सम्मको प्रगति विवरण सहित स्वागत मन्तव्य राखेका थिए । विशेष अथिति प्यूठान नगरपालिका ४ का वडा सदस्य माया बिक गहतराजले खर्च कम गर्ने, बचत बढी गर्ने, कर्जा सदुपयोग गर्ने र राम्रो उद्यमी बन्ने सल्लाह सुझाव दिएकी थिईन ।

कार्यक्रममा ४८ वटा समुह मध्ये ३ समुहलाई पुरस्कार वितरण गरिएको छ । पहिलो पैयापानी इन्फिनिटी समुह, द्धितिय मिलिजुली इन्फिनिटी समुह, र तृतिय रातामाटा इन्फिनिटी समुहलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम, द्धितिय र तृतिय हुने सबै समुहलाई घडी, बलपेन र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको हो ।

साथै कार्यक्रममा उत्कृष्ट सफल व्यवसायी आशा जि।सी लाई सम्मान समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन सुवास सुनारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...