News Portal

रेडियो सुन्नुहोस्

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

बिबश जि एम२०८१ श्रावण ११
६९७ पटक
२०८१ श्रावण ११

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा देविस्थानमा पहिरो खस्यो होला की नाइँ ?

यी दुई जिल्लाका बासिन्दा यही चिन्ताका बिच वर्षामा सिङ्गल लेन रहेको यो सडकमा यात्रा गर्न बाध्य छन् । असारको पहिरोले लोकसेवा र शिक्षक सेवा आयोगको परीक्षा दिने परीक्षार्थीसमेत बाटोमै रोकिन बाध्य भए । बाटो अवरुद्ध हुँदा पटक पटक एम्बुलेन्स, दमकल, तरकारी तथा दूधका गाडीहरू रोकिदा निरन्तर ठुलो जोखिम छ । तर, समस्या वषौँ देखि उस्तै छ ।

दैनिक सयौँ यात्रु आवतजावत गर्ने भालुवाङ प्युठान सडक खण्डमा सर्वसाधारण मात्र होइन यो देश हाँक्ने राजनीतिज्ञ हरू र प्रशासकहरू पनि हिँडिरहन्छन् । तर, सबैले देखे पनि गर्जेनीको समस्या कहिल्यै सुधार भएन ।

हरेक वर्ष वर्षायामको सुरुवात सँगै प्युठानको गर्जेनी गर्जिरहने समस्या नयाँ त होइन तर, समस्या अझै उस्तै छ । दैनिक सयौँ यात्रु आवतजावत गर्ने भालुवाङ प्युठान सडक खण्डमा सर्वसाधारण मात्र होइन यो देश हाँक्ने राजनीतिज्ञ हरू र प्रशासकहरू पनि हिँडिरहन्छन् । तर, सबैले देखे पनि गर्जेनीको समस्या कहिल्यै सुधार भएन ।

भालुवाङ–चकचके खण्ड रोल्पा प्युठान प्रवेश गर्ने सडक हो । चकचकेबाट अगाडी बढेपछि प्युठानको स्वर्गद्वारी नगरपालिका हुँदै रोल्पा पुगिन्छ भने चकचकेबाट माडिखोला तरेपछि विजुवार पुगिन्छ । भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरे भिर, गनाहा खोला लगायतका ठाँउहरु निरन्तर पहिरोले अवरुद्ध गर्ने जोखिमपूर्ण ठाउँ हुन् । सडक चौडा गराउन यी जिल्लाका जनताले माग गर्न थालेको धेरै वर्ष भयो तर, माग पुरा हुँदै भएन ।

प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने बडडाँडा–चकचके सडक खण्डमा असार १९ यता १५ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार १५ पटक गरि कम्तीमा ७३ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने १५ भन्दा धेरै छ ।

प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने बडडाँडा–चकचके सडक खण्डमा असार १९ यता १५ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार १५ पटक गरि कम्तीमा ७३ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने १५ भन्दा धेरै छ ।

सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी राजेन्द्र कार्कीका अनुसार पहिरो पन्छाउन कम्तीमा १८ घण्टा समय लागेको छ । पहिरो हटाउन मात्र डेढ लाख भन्दा बढी खर्च भएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

वर्षाको समयमा गर्जिरहने गर्जेनीमा प्युठान र रोल्पाका यात्रुले सास्ती खेप्दै आएका छन् । कतिपय गाडी पहिरोले गर्दा एक दिन ढिला गरी गन्तव्य सम्म पुग्ने गरेका छन् ।

आकस्मिक रूपमा झर्ने पहिरो तथा अवरुद्ध सडक हटाउन कार्यालयले तत्कालका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखेको छ ।  त्यसको लागि बडडाँडामा ह्वेल लोडर, गर्जेनीमा एक्स्काभेटर र चकचकेमा ब्याक हो लोडर राखेको सडक डिभिजन कार्यालय प्युठानका कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

बर्षाको समयमा सो क्षेत्रमा गाडी चलाउन आफूहरू असुरक्षित भएको बस चालक विक्रम घर्ती मगरले सुनाए । “पानी नपर्दा हामी ढुक्क हुन्छौ विक्रमले भने, तर पानी परिहाल्यो भने हामीलाई यात्रा गर्न असुरक्षित महसुस हुन्छ ।” पहिरो रोक्नको लागि सबै सरोकारवाला निकायले यसको उचित उपाय खोज्न आवश्यक रहेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...