News Portal

रेडियो सुन्नुहोस्

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

बिबश जि एम२०८१ श्रावण ११
४४० पटक
२०८१ श्रावण ११

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा देविस्थानमा पहिरो खस्यो होला की नाइँ ?

यी दुई जिल्लाका बासिन्दा यही चिन्ताका बिच वर्षामा सिङ्गल लेन रहेको यो सडकमा यात्रा गर्न बाध्य छन् । असारको पहिरोले लोकसेवा र शिक्षक सेवा आयोगको परीक्षा दिने परीक्षार्थीसमेत बाटोमै रोकिन बाध्य भए । बाटो अवरुद्ध हुँदा पटक पटक एम्बुलेन्स, दमकल, तरकारी तथा दूधका गाडीहरू रोकिदा निरन्तर ठुलो जोखिम छ । तर, समस्या वषौँ देखि उस्तै छ ।

दैनिक सयौँ यात्रु आवतजावत गर्ने भालुवाङ प्युठान सडक खण्डमा सर्वसाधारण मात्र होइन यो देश हाँक्ने राजनीतिज्ञ हरू र प्रशासकहरू पनि हिँडिरहन्छन् । तर, सबैले देखे पनि गर्जेनीको समस्या कहिल्यै सुधार भएन ।

हरेक वर्ष वर्षायामको सुरुवात सँगै प्युठानको गर्जेनी गर्जिरहने समस्या नयाँ त होइन तर, समस्या अझै उस्तै छ । दैनिक सयौँ यात्रु आवतजावत गर्ने भालुवाङ प्युठान सडक खण्डमा सर्वसाधारण मात्र होइन यो देश हाँक्ने राजनीतिज्ञ हरू र प्रशासकहरू पनि हिँडिरहन्छन् । तर, सबैले देखे पनि गर्जेनीको समस्या कहिल्यै सुधार भएन ।

भालुवाङ–चकचके खण्ड रोल्पा प्युठान प्रवेश गर्ने सडक हो । चकचकेबाट अगाडी बढेपछि प्युठानको स्वर्गद्वारी नगरपालिका हुँदै रोल्पा पुगिन्छ भने चकचकेबाट माडिखोला तरेपछि विजुवार पुगिन्छ । भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरे भिर, गनाहा खोला लगायतका ठाँउहरु निरन्तर पहिरोले अवरुद्ध गर्ने जोखिमपूर्ण ठाउँ हुन् । सडक चौडा गराउन यी जिल्लाका जनताले माग गर्न थालेको धेरै वर्ष भयो तर, माग पुरा हुँदै भएन ।

प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने बडडाँडा–चकचके सडक खण्डमा असार १९ यता १५ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार १५ पटक गरि कम्तीमा ७३ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने १५ भन्दा धेरै छ ।

प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने बडडाँडा–चकचके सडक खण्डमा असार १९ यता १५ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार १५ पटक गरि कम्तीमा ७३ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने १५ भन्दा धेरै छ ।

सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी राजेन्द्र कार्कीका अनुसार पहिरो पन्छाउन कम्तीमा १८ घण्टा समय लागेको छ । पहिरो हटाउन मात्र डेढ लाख भन्दा बढी खर्च भएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

वर्षाको समयमा गर्जिरहने गर्जेनीमा प्युठान र रोल्पाका यात्रुले सास्ती खेप्दै आएका छन् । कतिपय गाडी पहिरोले गर्दा एक दिन ढिला गरी गन्तव्य सम्म पुग्ने गरेका छन् ।

आकस्मिक रूपमा झर्ने पहिरो तथा अवरुद्ध सडक हटाउन कार्यालयले तत्कालका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखेको छ ।  त्यसको लागि बडडाँडामा ह्वेल लोडर, गर्जेनीमा एक्स्काभेटर र चकचकेमा ब्याक हो लोडर राखेको सडक डिभिजन कार्यालय प्युठानका कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

बर्षाको समयमा सो क्षेत्रमा गाडी चलाउन आफूहरू असुरक्षित भएको बस चालक विक्रम घर्ती मगरले सुनाए । “पानी नपर्दा हामी ढुक्क हुन्छौ विक्रमले भने, तर पानी परिहाल्यो भने हामीलाई यात्रा गर्न असुरक्षित महसुस हुन्छ ।” पहिरो रोक्नको लागि सबै सरोकारवाला निकायले यसको उचित उपाय खोज्न आवश्यक रहेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...