News Portal

रेडियो सुन्नुहोस्

फोनिजको २५ औ स्थापना दिवशमा प्यूठानमा रक्तदान कार्यक्रम

झुलेनी नेटवर्क२०८१ श्रावण २७
६५४ पटक
२०८१ श्रावण २७

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । आईतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्यूठानले दिवसको अवसरमा रक्तसञ्चार केन्द्र बिजुवारमा रक्तदान गरेर मनाएको हो ।

कार्यक्रममा तीन जना संचारकर्मीले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा दलित पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष कमल वि.क, स्पेश फोर्के टेलिभिजनका प्यूठान संवाददाता मधुसुदन पोख्रेल र रेडियो झुलेनीका विवश जि.एम रहेका छन् ।

रक्तदान नै जीवन दान रहेकाले प्यूठान जिल्ला अस्पतालमा रगतको अभाव हुन नदिनको लागि रक्तदान गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ –फोनिज प्यूठानका अध्यक्ष सुजल श्रेष्ठले बताए । सबैलाई रक्तदान गर्नमा उत्प्रेरणा दिनुका साथै जिल्ला अस्पतालमा रगतको अभावले कसैले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यका साथ पनि रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

नेपाल स्वयंसेवी रक्त दाता समाजका केन्द्रिय सदस्य मनु लामाले पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपछि रगत पनि बढेको बताए ।

रगत लिन चाहाने हरुले एक पोका दिएर लिनुपर्ने रक्त दाता सञ्चार विजुवारमा कार्यरत अर्जुन थापाले जानकारी दिए ।उनका अनुसार २ सय पिन जति रक्तसञ्चारमा स्टोर हुन सक्ने क्षमता रहेको छ । साथै रक्तसञ्चारबाट रगतहरु प्राय जिल्ला अस्पतालमा नै प्रयोग भईरहेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...