News Portal

रेडियो सुन्नुहोस्

फोनिजको २५ औ स्थापना दिवशमा प्यूठानमा रक्तदान कार्यक्रम

झुलेनी नेटवर्क२०८१ श्रावण २७
६६२ पटक
२०८१ श्रावण २७

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । आईतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्यूठानले दिवसको अवसरमा रक्तसञ्चार केन्द्र बिजुवारमा रक्तदान गरेर मनाएको हो ।

कार्यक्रममा तीन जना संचारकर्मीले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा दलित पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष कमल वि.क, स्पेश फोर्के टेलिभिजनका प्यूठान संवाददाता मधुसुदन पोख्रेल र रेडियो झुलेनीका विवश जि.एम रहेका छन् ।

रक्तदान नै जीवन दान रहेकाले प्यूठान जिल्ला अस्पतालमा रगतको अभाव हुन नदिनको लागि रक्तदान गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ –फोनिज प्यूठानका अध्यक्ष सुजल श्रेष्ठले बताए । सबैलाई रक्तदान गर्नमा उत्प्रेरणा दिनुका साथै जिल्ला अस्पतालमा रगतको अभावले कसैले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यका साथ पनि रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

नेपाल स्वयंसेवी रक्त दाता समाजका केन्द्रिय सदस्य मनु लामाले पछिल्लो समय रक्तदान गर्नेको संख्या बढेपछि रगत पनि बढेको बताए ।

रगत लिन चाहाने हरुले एक पोका दिएर लिनुपर्ने रक्त दाता सञ्चार विजुवारमा कार्यरत अर्जुन थापाले जानकारी दिए ।उनका अनुसार २ सय पिन जति रक्तसञ्चारमा स्टोर हुन सक्ने क्षमता रहेको छ । साथै रक्तसञ्चारबाट रगतहरु प्राय जिल्ला अस्पतालमा नै प्रयोग भईरहेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...