News Portal

रेडियो सुन्नुहोस्

आफ्नो ईच्छा विपरीत पतिले राति जबरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरीमा उजुरी

सिखबर संवाददाता
१५५३ पटक

रौतहट — श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले श्रीमान् विरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो ।चन्द्रपुर–५ की ३३ वर्षीया ती महिलाले आफ्नो ईच्छा विपरीत गत मंसिर २८ गते पतिले राति जबरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिईन् ।महिलाका श्रीमानलाई प्रहरीले सोमबार जबरजस्ति करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

उनीहरुको २०६१ सालमा बिवाह भएको थियो । उनीहरुका ६ र १३ वर्षका दुई छोराहरु छन् । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति गरेकोले बाध्य भएर कानुनी बाटो खोज्नु परेको ती महिलाले बताइन् ।बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।अदालतले पतिको सम्पत्तिबाट पत्नीलाई पालनपोषण तथा संरक्षणका लागि रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । साथै पत्नीको हित र सुरक्षाको लागि उपयुक्त वातावरण मिलाउन आदेश दिन सक्ने व्यवस्था रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...