News Portal

रेडियो सुन्नुहोस्

बैङ्कमा घट्दै भिडभाड,बढे एटिएम प्रयोगकर्ता 

बोम बहादुर परियार २०८१ भाद्र ६
८०२ पटक
२०८१ भाद्र ६

कुनै समय बजार निस्कँदा गोजीमा पैसा भए–नभएको निश्चित गर्नुपर्थ्यो । त्यसपछि बैङ्कको चेक बोक्ने चलन आयो । चेक मार्फत बैङ्कबाट पैसा निकाल्न कार्यालय समयमै बैङ्कमा पुग्नुपर्ने बाध्यता थियो । तर, हिजोआज ती बाध्यताहरू हटेका छन् । पैसा निकाल्न चेकमार्फत हुने काम एटिएमबाट हुन्छ । पछिल्लो समयमा विकास भएको बैङ्किङ प्रविधिले आम नागरिकलाई सहज बनाएको छ । समय समेत बचत गराएको छ ।

मल्लरानी गाउँपालिका ३ मुन्डाँडाका कि सिता परियारले एटिएम प्रविधि निकै सहज भएको बताइन । “पहिले आफ्नो खातामा जम्मा भएको पैसा चेक मार्फत निकाल्दा निकै झन्झटिलो हुन्थ्यो” उनले भनिन्– “आजभोलि एटिएमबाट आफ्नो अनुकूलमा पैसा निकाल्दा सहज भएको छ । त्यसैले एटिएम प्रविधि राम्रो लागेको हो ।”

गौमुखी गाउँपालिका ४ पुजाका ३२ वर्षीय सिताराम केसीले विगत १२ वर्षदेखि एटिएम प्रयोग गर्दै आएको बताउँछन्  । के.सी. ले भने– “बैङ्क नखुलेको समय, सार्वजनिक बिदाको समयमा पनि सजिलै एटिएमबाट खातामा रहेको पैसा झिक्न सकिने प्रविधिले आफ्नै हातमा बैङ्क भएको महसुस हुन्छ। ।” बैङ्किङ कार्डको विकास सँगै पछिल्लो समय युवा युवती, शिक्षक, व्यवसायी,  कर्मचारी र प्रहरीहरूले एटिएमको प्रयोग गर्दै आएको राष्ट्रिय वाणिज्य बैङ्क प्युठान विजुवार शाखाका प्रमुख दीपेन्द्र सुनारले बताए ।

जिल्लामा विभिन्न बैङ्कका १४ वटा एटिएम छन् । जिल्लामा कमर्सियल बैङ्क २० वटा, डेभलपमेन्ट बैङ्क १३ वटा  र ४४ वटा माईक्रोफाइनान्स सञ्चालनमा रहेको बैङ्क तथा वित्तीय संस्था प्युठानका अध्यक्ष एवं सिद्धार्थ बैङ्क प्युठानका शाखा प्रमुख हरि प्रसाद न्यौपानेले बताए । उनका अनुसार कमर्सियल बैङ्कका एटिएम ११ वटा र डेभलपमेन्ट बैङ्कका एटिएम ३ गरी जम्मा १४ वटा एटिएम  सञ्चालनमा छन् ।

जिल्लाका मुख्य-मुख्य बजार क्षेत्रमा बैङ्कहरूले एटिएम राखेका छन् । माण्डवी गाउँपालिकाको जस्पुर बजारमा  हिमालयन बैङ्कको  १ वटा एटिएम सञ्चालनमा रहेको छ । स्वर्गद्वारी नगरपालिकाको भिङग्री बजारमा नेपाल बैङ्क लिमिटेड र ज्योति विकास बैङ्कको गरी २ वटा एटिएम सञ्चालनमा रहेका छन् । मल्लरानी गाउँपालिकाको खलङ्गा बजारमा  राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क गरी २ वटा एटिएम सञ्चालनमा रहेका छन् । त्यस्तै प्युठान नगरपालिकाको जुम्री बजारमा सिद्धार्थ विकास बैङ्क र एन आई सी एसिया बैङ्क गरी २ वटा छन् । बिजुवार बजारमा राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, ग्लोबल आइ एम इ बैक, हिमालयन बैङ्क , साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क र  नेपाल इन्भेस्टमेन्ट बैङ्क गरी ६ वटा एटिएम सञ्चालनमा रहेका छन् । बाग्दुला बजारमा ज्योति विकास बैङ्कको एउटा एटिएम सञ्चालनमा रहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

एटिएमको बिस्तार सङ्गै पहिलेको तुलनामा बैङ्कमा ग्राहकहरूको भिडभाड कम हुँदै गएको नेपाल बैङ्क लिमिटेड बिजुवार शाखा प्रबन्धक पदमा योगीको अनुभव छ । पेन्सन लिनेहरूले समेत एटिएमको प्रयोग गर्न थालेसँगै  काउन्टरमा हुने भिडभाड कम हुँदै गएको योगीले बताइन । ६ हजार भन्दा बढी ग्राहक रहेको उक्त शाखामार्फत १ हजार बढी ग्रहाकलाइ एटिएम वितरण गरेको र मासिक १ करोड बराबरको कारोबार एटिएमबाट हुँदै आएको उनले बताइन ।

राष्ट्रिय वाणिज्य बैङ्क प्युठान विजुवार शाखा मार्फत १५ हजार ग्राहक मध्ये १० दशमलव ७१ प्रतिशत ग्राहकहरूले एटिएम प्रयोग गर्दै आएको र मासिक एटिएम द्वारा १ करोड बराबरको कारोबार हुने गरेको बैङ्कले जनाएको छ ।

त्यस्तै जिल्लाको ६ वटा बजारमा शाखा विस्तार गरी सेवा दिँदै आएको साइन रेसुङ्गा डभलपमेन्ट बैङ्क बिजुवार शाखाबाट मासिक २ करोड भन्दा बढी कारोबार एटिएम द्वारा हुँदै आएको विजुवार शाखा प्रमुख योगेन्द्र विष्टले बताए । विष्टका अनुसार शाखाको १२ हजार ग्राहक मध्य २ हजार २ सय भन्दा बढी ग्राहकले एटिएम प्रयोग गर्दै आएका छन् । ९ वटा स्थानीय तहहरू रहेको प्युठान जिल्लामा हाल क र ख वर्गका गरी ३३ वटा बैङ्क सञ्चालनमा छन् । सबै पालिका बैकको पहुँचमा छन् ।  ४ वटा स्थानीय तहहरूमा  एटिएमको पहुँच  छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...