News Portal

रेडियो सुन्नुहोस्

सागको भारी बोक्दा !

गिरुप्रसाद भण्डारी(प्यूठान)
१९२७ पटक

जिल्लामा बसेर कान्तिपुरमा समाचार लेख्न थालेको करीव दश वर्ष बित्यो । यस अवधिमा जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा २० आंै पटक पुगियो होला । कहिले, स्वर्गद्वारीमा लाग्ने बैशाखे पूर्णीमा, कहिले कार्तिके पूर्णिमा त कहिले माघीको खिचडी वर्ष । यस्तै स्वर्गद्वारी निर्माण भइरहेको अत्याधुनिक धर्मशाला, खानेपानी, सडक, पर्यकट धेरै आएर घुइचो लागेको दिन, गाइले घा“स खान नपाएको रिपोटिङ गर्न पुगियो । कहिलेकाहि जिल्लाबासी भएकाले जिल्ला बाहिरबाट आएकालाइ घुमाउने निहुले पनि स्वर्गद्वारी गएर धेरै पटक त्यहा बास बसियो । आश्रमले संचालन गरेको खानाको मेसमा खाना खाइयो । स्वर्गद्वारीमा खाना खादा सागको परिकार कहिल्यै टुटेन ।

साथीहरुसंग स्वर्गद्वारीको साग निकै मिठो हुन्छ है भन्दै खाइयो । तर, कहिल्यै स्वर्गद्वारीमा पकाउने साग उत्पादन हुने सागबारी घुम्ने अवसर मिलेको थिएन । यसपाली शनिबार फेरी स्वर्गद्वारी गइयो । वन डिभिजन कार्यलयमा स्वर्गद्वारी आश्रम क्षेत्रमा एक करोड २५ लाख रुपैया“ लागतमा भौतिक पूर्वाधार निर्माण गर्न बजेट आएको रहेछ । जिल्ला वन कार्यालयका रेञ्जर हरी पौडेल, स्वर्गद्वारी नगरपालिकाका इञ्जिनियर सम्राट खड्का, प्यूठान नगरपालिकाका सव­इञ्जिनियर दिनेश केसी र मल्लरानी गाउपालिका ५ का स्थानीय धर्म पौडेल वन डिभिजनको गाडीमा जाने कुरा शुक्रबार बेलुका हरी पौडेलसंग निधो भयो । मेरी छोरी सुचनाले हाम्रो योजना सुनेकी थिईन । शनिबार भएकाले छोरीले पनि हामीसंगै जाने कुरामा निकै जिद्धि गरेपछि संगै लगेर गए । गाडिमा बान्ता लागेर बाटोमा केहि समस्या भएपनि स्वर्गद्वारी पहिलो पटक बाबासंग जाने भनेपछि छोरी सूचना फूर्तिलै थिइन् ।

बाटामा रमाइला÷ रमाइला गफ गर्दै हामी भिंगृको स्वर्गद्वारी गेटको ईन्द्रजाल होटलमा चिया खाएर स्वर्गद्वारी पुग्यौं । धरमपानीमा हाम्रो गाडि रोकियो । त्यहा“ स्वर्गद्वारी नगरपालिका­२ धनबाङबाट बिक्रि गर्न लिएका सुन्तला दिनेश सरले किल्नु भो । स्वर्गद्वारी क्षेत्रमा धनबाङको गुलिया सुन्तलाको निकै चर्चा हुन्छ । खादै गफगर्दै हामी मन्दिर पुग्ने सिढी चढ्यौं । साथीहरुसंगको गफलाई छोरी सूचनाका जिज्ञासाले धेरै पटक क्रमभंगता गरेको थियो । स्वर्गद्वारी मन्दिर कत्रो छ ? धरमपानीमा रहेका घोडामा मान्छे किन चढेका ? यो सीढी कस्ले बनाएको ? पारी देखिने कुन हिमाल हो ? जस्ता छोरीमा प्रश्नको उत्तर दिनप¥यो । मन्दिर प्रवेश गेटमा प्रहरीले हामी सबैको नाम लेखे, छोरीले परिचय दिइन म सूचना भण्डारी कलास टु मा पढ्छु । किन पढ्ने कक्षा पनि भनेको परिचय मात्र पो दिने भनेको त प्रहरीले भने सुचनाले योग्यता किने छुट्याउने भनेर भन्ने उत्तर दिदा हामी सबै गलल् हास्यौं ।
हाम्रो टिममा धर्म सर र छोरी सुचना पहिलोपटक स्वर्गद्वारी आएका यात्री रहेछन् । अरु सरहरु आश्रमका बाबुराम न्यौपानेसंग भेट भएर भवन निर्माण गर्ने स्थानतिर लाग्नु भो । सुचनालाइ घुमाउनुपर्ने भएकाले म पनि धर्म सरसंग मन्दिरको दर्शन गर्न लागे । अखण्ड महायज्ञ, प्रभुको समाधिस्थल, आश्रममा पालिएका गाई, गुफा लगायत स्वर्गद्वारीमा घुम्न र देख्न लायक सबै स्थानमा घुम्यौं । बाबुछोरीले धेरै फोटाहरु लियौं । सूचनाले धेरैपटक सेल्फी खिचिन । मेरो मोवाइल नै उनको हातमा थियो । कतैबाट फोन आउपछि मात्र मलाइ दिन्थिन ।

सुचनाको स्वर्गद्वरी क्षेत्र घुम्ने चाहना अझै मरेको थिएन । गाइ बाध्ने गोठभन्दा बाहिर ठूलो पर्खाल लगाइएको थियो । छोरीको जिद्धिले पर्खाल चढाइयो । पर्खाल माथिबाट पाटाभरी साग लगाएको देखेर उनकौ आग्रहमा साग बारीमा पुगे । त्यहा दुईजना स्वर्गद्वारीमा काम गर्न आएका दिदीहरुले बेलुका आश्रमा पकाउने साग टिपीरहनु भएको थियो । आश्रममा पालिएका गाइको बर्खे मलखाद प्रयोग गरेर लगाइएका रायो साग यती सप्रेका थिएकी दुई चारपात टिपे एक अगालो हुने । छोरीले यहा पनि धेरै फोटाहरु लिइन । मैले पनि समाचार बनाउनुपर्छ भनेर साग बारीको फोटाहरु लिए । छोरीको यहा पनि धेरै प्रश्न तेर्सिए । बाबा हाम्रोमा साग किन साना पातका हुन्छन् ? यहाको साग किने यति धेरै ठूला पात भएका ? हामीले साग औठामा टिप्छौ, यहा त अंगालोमै साग टिप्छन् । बाउ छोरीको गफ भइरहदा साग टिप्ने दिदीहरुले सागको ठाडो भारीनै बाधेरे आश्रम क्यान्टीन तिर लागे । नाम्लाले नै घा“सको भारी बोके जसरी साग बोकेको देख्दा छोरी सूचना दंग परिन । घरमा मम्मीले घासको भारी बोकेको भन्दा ठूलोभारी साग बोकेको देख्दा छोरीको फेरी फोटो सेसन चल्यो । उनी मोवाइलबाट फोटो लिइरहिन । मैले पत्रिकामा काम लाग्ला भनेर मेरो क्यामराबाट पनि फोटाहरु लिए । छोरीले फोटा लिनको लागि उभिन लगाउदा सागको भारी गरुङगो भएकाले उभिन धौ धौ भो दिदिहरुले भने । छोरीले सागको भारी कत्तिको गरुंगोे हुने रहेछ बाबा हजुरले बोक्नुस न भनेर निकै आग्रह गरिन । छोरीकै आग्रहमा जीवनको पहिलो पटक सागको भारी बोकीयो । सूचनाले मैले सागको भारी बोकेको फोटा लिइन । मनमा धेरै कुरा खेले यस्तै उत्पादन सबै ठाउमा गर्ने सके नेताहरुले भने जस्तो समृद्ध आउन धेरै दिन पर्खनु पर्दैन होला । बेलुका फर्कदा एउटा घा“सको मुठो जत्रो सागको मुठो लिएर घर फर्कियौँ ।

-गिरुप्रसाद भण्डारीले प्यूठान जिल्लावाट कान्तिपुर पव्लिकेसनमा काम गर्छन्।
प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...