News Portal

रेडियो सुन्नुहोस्

एघार महिनामा ८४ सर्पदंशका विरामीको उपचार

शशिधर भण्डारी२०८१ भदौ १०
६१५ पटक
२०८१ भदौ १०

प्युठानको लामाचौर कच्छारमा स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र स्थापना भएपछि प्युठान र रोल्पाका सर्पदंश विरामीलाई राहत मिलेको छ । स्थापना भएको एघार महिनामा ८४ जनाले उपचार पाएका छन् ।

स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा २०८० असोज १४ गते देखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रबाट रोल्पा र प्युठानका गरी ८४ जना सर्पले टोकेको विरामीले उपचार पाएको उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले जानकारी दिए । ‘८४ जना मध्ये ३७ जनालाई हरियो सर्प र अन्य ४४ जनालाई भने अविषालु सर्पले टोकेको पाइयो’पौडेलले भने,‘ ति मध्ये दुई जनाको मात्रै रिफररएको छ तर उहाँहरु निको भएर घर फर्किसक्नु भएको छ ।’ उपचार केन्द्रको तथ्याङ्कमा जिल्लामा कोब्राले टोकेको विरामीको उपचार समेत भएको पाइएको छ ।

उपचार केन्द्र नहुँदा जिल्लाका सर्पदंशका विरामी कपिलबस्तु, रुपन्देही, बाँके र लमही लगायतका ठाउँमा पुग्नु पर्ने बाध्यता थियो । जिल्लामा उपचार सेवा नहुँदा २०८० असार ९ गते मात्रै प्युठान नगरपालिका–४ का १३ वर्षीय बालक अभिषेक नेपालीको ज्यान गएको थियो । सर्पले टोकेका विरामीले समयमा उपचार पाए निको हुने भएपनि जिल्लामा अभिषेक जस्ता धेरैले धामी, झाक्रीको भर परेर र उपचार नपाएर मनु परेको छैन् ।

विषालु मानिने कोब्रा जातको सर्पले टोकेको विरामीको समेत जिल्लामा सफल उपचार भएको छ । गत साउन २२ गते घाँस काट्ने क्रममा माण्डवी गाउँपालिका–३ दारिमचौरी माया भण्डारीलाइ कोब्रा जातको सर्पले टोकेको थियो । उनका श्रीमान खगेश्वर भण्डारीले आफ्नी श्रीमतीको नजिकै उपचार पाएकाले नयाँ जीवन दिएको महशुस भएको बताए । ‘जिल्लामा नै सुविधा हुँदा सहजै उपचार पाइयो ’ उनले भने,‘ अहिले सामान्य अवस्थामा छन् ।’ विषालु सर्पले टोकेकोले डर भएपनि समयमै उपचार श्रीमती निको भएको भन्दै भण्डारीले खुशी व्यक्त गरे ।
उपचार केन्द्र सञ्चालनको ११ महिना पुग्दा सञ्चालनमा भने कठिनाई देखिदैं आएको छ । सञ्चालनका लागि प्युठानका गाउँपालिकाले १ लाख र नगरपालिकाले १ लाख ५० हजार रुपैया दिने सहमती भएपनि वजेट व्यवस्था गरेका छैनन् ।

‘उपचार केन्द्रको खाता राख्ने भने पनि राखिदिएका छैनन्’ पौडेलले भने । सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा निर्देशक समिति गठन भएको छ । तर एकपटक पनि बैठक बस्न सकेको छैन । निर्देशक समितिका सदस्य सचिव समेत रहेका स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले उपचार केन्द्रमा नगरपालिकाले अहेव, नर्सिङ स्टाफ, कार्यालय सहयोगी खटाउँदै आएको बताए । केन्द्रमा नेपाली सेनाबाट २ जना प्राविधिकले सहयोग गर्दै आएका छन् ।

दुई जिल्लालाई सर्प दंश उपचारमा सहज बनेको उपचार केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा सहजता ल्याउन दुवै जिल्लाका स्थानीय तहले समन्वय गरेको पाइएको छैन । स्वास्थ्यकर्मीको नियमितता, औषधिको उपलब्धता र स्तरवृद्धिका लागि सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने नागरिकको माग छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...