News Portal

रेडियो सुन्नुहोस्

बहाने तातीयो तीज कार्यक्रमले

झुलेनी नेटवर्क२०८१ भदौ १५
१०३३ पटक
२०८१ भदौ १५

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेपछि शनिबार बहाने बजारमा भिडभाड बढेको हो ।

त्यहाँको भिडभाड अनुसार झन्डै एक हजार जति कार्यक्रममा सहभागि भएका छन् । हरितालिका तीज नजिकिदैं गर्दा गाउँपालिकाले महिला दिदीबहिनीहरुको प्रतिभालाई सम्मान सहित मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । नौबहिनी सहित जिल्लाका विभिन्न ठाउँमा दर खाने देखि तीज विशेष कार्यक्रमहरु भईरहेका छन् ।

गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रतियोगितामा भाग लिनका लागि पालिका भित्रका ४५ महिला आमा समूहले दर्ता गराइसकेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमशः २०, १५ र १० हजारका दरले पुरस्कार प्राप्त गर्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको भनाई छ । त्यस्तै सहभागी भए वापत प्रत्येक आमा समूहलाई नगद रु. पाँच हजार रुपैयाँको व्यवस्था गरिएको पालिका अध्यक्ष थापाले बताए ।

गीतमा मौलिक लोक संस्कृती झल्किने विषयमा गीत गाउनुपर्ने जनाइएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...