News Portal

रेडियो सुन्नुहोस्

भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु

बिबश जि.एम.२०८१ भदौ १६
५६३ पटक
२०८१ भदौ १६

भिंग्री स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना भएका छन् । प्रहरीका अनुसार यी दुर्घटनामा परेर २५ जनाको ज्यान गएको छ । सडक जोडिएको १७ वर्ष पुरा हुन थालेको छ । २०६४ सालमा सुरुवात गरिएको सडक फराकिलो नहुँदा पटक पटक सवारी दुर्घटना हुने गरेको छ । भिंग्री देखि १४ किलोमिटर दुरीको यो सडकमा आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म ३ वर्षको अवधिमा मात्रै २५ जनाको दुर्घटनामा परेर ज्यान गएको ट्राफिक कार्यालय प्युठानले जनाएको छ । त्यस बिचमा ३३ सवारी साधन दुर्घटना हुँदा ४७ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

दुर्घटना हुनुको मुख्य कारण साँघुरो सडक, खराब मौसम र चालकको लापरबाही रहेको ट्राफिक कार्यालय प्युठानका प्रमुख शरद के.सी ले बताए । “साना गाडी स्वर्गद्वारी पुगे पनि ठुला गाडीको लागि मुस्किल छ” उनले भने– “बाटो साँघुरो भएकै कारण साना गाडिलाई सहज भएपनि ठुला गाडीलाई अप्ठ्यारो छ ।”

गत वर्ष जेठ २९ गते यही सडकमा स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जनाको ज्यान गयो । त्यसपछि यो सडक सुधारको विषयमा सम्बन्धित सरोकारवाला पक्षहरूको चासो बढेको छ । गत वर्ष मात्रै सडक डिभिजन कार्यालय प्युठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको लागि खर्च गरिएको सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी राजेन्द्र कार्की जानकारीले दिए । टेन्डरमार्फत गरिएको उक्त बजेटबाट सडक सुरक्षाका लागि सडक मर्मत, ट्राफिक सेप्टी, खाल्डाखुल्डी पुर्ने लगायतका कार्य भएको सूचना अधिकारी कार्कीको बताए ।

यही सडकमा सडक पूर्वाधार विकास कार्यालय मार्फत  गत वर्ष ३ करोड ५४ लाख खर्च भएको छ । उक्त रकमबाट यो सडक क्षेत्र अन्तरगत घडेरी र रुमालेमा पहिरो नियन्त्रण,४ सय मिटर सडक सुरक्षा ब्यारियर निर्माण र सडक मर्मतको काम भएको कार्यालय प्रमुख चन्द्र शाहले बताए । विभिन्न निकायबाट करोडौँ रकम खर्च भए पनि कम बजेट र दिगो योजनाको अभावमा यो सडकको समस्या दिगो रूपमा समाधान हुन  अझै सकेको छैन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...