News Portal

रेडियो सुन्नुहोस्

भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु

बिबश जि.एम.२०८१ भदौ १६
३७५ पटक
२०८१ भदौ १६

भिंग्री स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना भएका छन् । प्रहरीका अनुसार यी दुर्घटनामा परेर २५ जनाको ज्यान गएको छ । सडक जोडिएको १७ वर्ष पुरा हुन थालेको छ । २०६४ सालमा सुरुवात गरिएको सडक फराकिलो नहुँदा पटक पटक सवारी दुर्घटना हुने गरेको छ । भिंग्री देखि १४ किलोमिटर दुरीको यो सडकमा आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म ३ वर्षको अवधिमा मात्रै २५ जनाको दुर्घटनामा परेर ज्यान गएको ट्राफिक कार्यालय प्युठानले जनाएको छ । त्यस बिचमा ३३ सवारी साधन दुर्घटना हुँदा ४७ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

दुर्घटना हुनुको मुख्य कारण साँघुरो सडक, खराब मौसम र चालकको लापरबाही रहेको ट्राफिक कार्यालय प्युठानका प्रमुख शरद के.सी ले बताए । “साना गाडी स्वर्गद्वारी पुगे पनि ठुला गाडीको लागि मुस्किल छ” उनले भने– “बाटो साँघुरो भएकै कारण साना गाडिलाई सहज भएपनि ठुला गाडीलाई अप्ठ्यारो छ ।”

गत वर्ष जेठ २९ गते यही सडकमा स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जनाको ज्यान गयो । त्यसपछि यो सडक सुधारको विषयमा सम्बन्धित सरोकारवाला पक्षहरूको चासो बढेको छ । गत वर्ष मात्रै सडक डिभिजन कार्यालय प्युठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको लागि खर्च गरिएको सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी राजेन्द्र कार्की जानकारीले दिए । टेन्डरमार्फत गरिएको उक्त बजेटबाट सडक सुरक्षाका लागि सडक मर्मत, ट्राफिक सेप्टी, खाल्डाखुल्डी पुर्ने लगायतका कार्य भएको सूचना अधिकारी कार्कीको बताए ।

यही सडकमा सडक पूर्वाधार विकास कार्यालय मार्फत  गत वर्ष ३ करोड ५४ लाख खर्च भएको छ । उक्त रकमबाट यो सडक क्षेत्र अन्तरगत घडेरी र रुमालेमा पहिरो नियन्त्रण,४ सय मिटर सडक सुरक्षा ब्यारियर निर्माण र सडक मर्मतको काम भएको कार्यालय प्रमुख चन्द्र शाहले बताए । विभिन्न निकायबाट करोडौँ रकम खर्च भए पनि कम बजेट र दिगो योजनाको अभावमा यो सडकको समस्या दिगो रूपमा समाधान हुन  अझै सकेको छैन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...