-‘भवन निर्माण आचारसंहिता २०६९ अनुसार सवै सार्वजनिक भवन विद्यालय, सौचालय, वाटो, होटलहरु, मन्दिर पौवा लगायत सवै स्थलहरु अपांगतामैत्रि वनाउनु पर्ने उल्लेख छ। तर, जिल्लाका अधिकांस भौतिक संरचनाहरु अपांगतामैत्रि छैनन्।’
-‘अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४ ले अपांगता भएका वालवालिका हरुलाई उच्चशिक्षा सम्म निशुल्क हुने व्यवस्था छ। तर, पुर्ण रुपमा कार्यन्वयन हुन सकेको छैन्। अपांगता कल्याण ऐन २०३९ र नियमावलि २०५१ ले नै भेदभावरहित वातावरणमा अपांगता भएका वालवालिका वाँच्न पाउनुपर्ने उल्लेख भएकोमा नेपालको संविधान २०७२ र अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४ ले समेत व्यवस्था गरेको छ। तर, प्रभावकारी कार्यन्वयन हुन सकेको छैन्।’
-UNCRPD (अपांगता भएका हरुको अधिकार सम्वन्धि अन्र्तराष्टिय महासन्धि) नेपालको संसदले पारित गरी सन् २००६ मा हस्ताक्षेर गरिएको छ। जसमा अपांगता भएका वालवालिका हरुको अधिकारसम्वन्धि ५० धाराहरु छन्। उक्त महासन्धि पनि पुर्ण रुपमा कार्यन्वयन हुन सकेको छैन्।’
–जुमानसिंह के.सी. अध्यक्ष राष्ट्रिय अपांग सेवा संघ, प्यूठान
जिल्लामा प्राय भैतिक संरचाना अपाङ्गता मैत्री बनेका छैनन। जुन सुकै संरचना बनाउदा अपाङतामैत्री बनाउनु पर्ने कानुनमा उल्लेख गरिएता पनि सरोकारवालाको ध्यान पुगेको छैन्। अपाङ्गता मैत्री भौतिक संरचना नहुदा विद्यालयमा अध्ययन गर्ने अपाङ्गता विद्याथीका लागि झनै समस्या भएको छ।
जिल्लामा भौतिक संरचनाको कारण अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको जिल्ला अपाङ्ग सेवा संघका अध्यक्ष जुमासिंह के.सी. ले बताए। अध्ययनरत बालबालिकालाई बस्न , शौचालय जान र मनोरन्जन गर्नसमेत समस्या परेको के.सी.ले बताए । “भौगोलिक विकटता र अशिक्षाका कारण गाउँमा रहेका बालबालिका अध्ययन गर्नबाट बन्चीत छन्। सिमित संख्यामा रहेका श्रोतकेन्द्रमा पुर्वाधार छैन। त्यसमाथी अपांगमैत्री संरचना नहुँदा वालवालिकाहरुलाई निकै समस्या पर्ने गरेको छ।” संघका अध्यक्ष के.सि.ले भने–“फरक क्षेमता भएका अपांगता वालवालिकाको व्यवहारीक पक्ष र भौतिक संरचना अपांगतामैत्रि निर्माण गर्न अहिलेसम्म कसैको ध्यान पुगेको छैन।”
प्यूठान जिल्लाभरमा हाल सदरमुकाम खलंगा, प्यूठान नगरपालीकाको वाग्दुला र खैरामा अपाङ्ता भएका विद्यार्थीहरुले श्रोतकक्षामा अध्ययन गरीरका छन। सदरमुकाम खलंगामा दृष्टि विहिन वालवालिका, खैरामा श्रवण शक्तिको समस्या भएका र वाग्दुलामा सुस्त मनस्थीति भएका अपाङ्गता विद्यार्थीहरु अध्ययन गरिरहेका छन। खलंगाको श्रोतकेन्द्रमा ६ जना छात्र र ३ जना छात्रा गरी ९ जना दृष्टिविहिन वालवालिका अध्ययन गर्दछन्। वाग्दुलामा छात्रा ४ र छात्र ४ गरि ८ जना सुस्त मनस्थिती भएका वालवालिकाले अध्ययन गरिरहेका छन भने खैरामा २३ छात्र र ९ छात्रा गरि ३२ जना वालवालिकाले अध्ययन गरिरहेका छन्। तर, विद्यालय र सार्वजनिक क्षेत्रका अधिकांस ठाँउमा अपांगमैत्री भौतिक संरचना वन्न सकेका छैनन्। जसकारण विद्यार्थीहरुले निकै समस्या झेल्नुपरेको छ। कानुनमा व्यवस्था हुदाहुदै त्यसको कार्यन्वयन नहुदा समस्या श्रृजना भएको छ। भने, अपांगता भएका वालवालिकाको सवालमा सरोकारवाला पक्ष र सरकारको ध्यान पुग्न नसकेको हो।
श्रोतकेन्द्र सञ्चालन गरिएपनी अपांगमैत्री भौतिक संरचनाको अभावमा विद्याथीहरुले समस्या झेलिरहेका छन्। “पुरानो संरचनाको भवनमा कक्षा सञ्चालन गरिरहेका छौं” खैरामा सञ्चालित कक्षाका सहजकर्ता धनेश्वर पोख्रेलले भने– “अपांगमैत्रि भौतिक संरचना पुरानो भवनमा त हुने कुरै छाड्नुस्, कक्षा सञ्चालनका आधारभुत पुर्वाधार नभएर समस्या परेको छ। पर्याप्त सहजकर्ताको व्यवस्था छैन। सांकेतिक भाषामा कुरा गर्नुपर्ने वालवालिका आफ्नै स्वभावका हुन्छन्। त्यसमाथि अभाव छुट्टै छ।”
“असजिलो संरचनाले साह्रै समस्या पर्छ। घरमा होस, स्कुलमा होस वा अन्य सार्वजनिक स्थलमा जान निकै समस्या पर्छ। धेरैजसो ठाँउ अप्ठ्यारा र असजिलो लाग्ने किसिमका छन्।” कक्षा ७ मा अध्ययनरत विद्यार्थी ओमप्रसाद गाहा भन्छन्– “कहिं अग्लो सिंढी हुन्छ निस्कनै समस्या पर्छ, कुनैकुनै ठाउँ सौचालयको सिट अग्लो ठाँउमा हुन्छ। चढ्नै सकिन्न। असहजताको कारण कैयौं ठाँउमा जानै सकिन्न। कतिपटक त ट्वाईलेट अप्ठ्यारो भएर रोकेर वस्नुपर्छ।” वेन्चमा चढ्दादेखि हिड्डुल गर्दासम्म पर्ने समस्याको कारण निकै कष्ट व्यहोर्नुपरेको अपांगता भएका वालवालिकाहरु वताउछन्।
“हामि महिलाहरुको एक त आफ्नै संवेदनसिलता हुन्छ। त्यसमाथी अपांगता भएका कारण थप समस्या झेल्नुपर्छ।” विद्यार्थी रुपा गन्दर्भले सुनाईन– “हामीलाई हिड्दा ठोक्कीन्छ की भन्ने डर लाग्छ ,सहज रुपमा अपाङ्ग मैत्री बस्ने ठाउँ भएन।” रुपाका वुवा ऐरावती गाँउपालीका वर्डा नं ५ का शुरेश गन्दर्भले भौतिक संरचनाका कारण छोरीले विद्यालयमा समस्या पर्ने गरेको गुनासो गर्ने वताए। “अपांगता भएका छोरा छोरी दुवै विद्यालयमा पठाएको छु, विद्यालयमा बस्न र खानको लागि त सहज छ” उनले भने “तर सौचालय र अध्ययन गर्ने सामिग्रीको अभाव भएका कारण समस्या झेल्नु परेको गुनासो गर्छन”
भवन निर्माणले सहजता
खलंगा श्रोतकेन्द्रका सहजकर्ता वसन्तलाल शाक्य भन्छन् “पहिले निकै समस्या हुने गर्दथ्यो। जिर्ण संरचना त्यसमाथी अपांगमैत्रि नहुने।” शाक्यले थपे– “कालिका विकास केन्द्र नेपालको सहयोगमा नयाँ भवन वनेपछी भने सहज भएको छ। नयाँ भवन अपांगमैत्रि हिसावले वनाईएको छ। उनिहरुकै अनुकुलतामा कक्षाकोठा, सौचालय र अन्य संरचना हरु पनि निर्माण गरिएको छ। यसपछी उनिहरुलाई निकै सहज भएको छ।”
अपांगतामैत्रि संरचनाले वालवालिकाको दैनिकिमै पर्दछ। २०६३ सालदेखि खलंगामा व्रेललिपीमा पढेर हाल स्नातक प्रथम वर्षमा अध्ययन गरिरहेका ईन्द्र थापा भन्छन्– “पहिले निकै समस्या थियो। जिर्ण भौतिक संरचना त्यसमाथी देख्नसक्ने साथिहरुको भिडभाडले सौचालयमा समेत समस्या पर्दथ्यो। निकै कठिनाई व्यहोरेर दैनिकी गुजार्नुपर्दथ्यो।” थापाले थपे– “नयाँ भवन थपेपछी सहज भएको छ। अहिले सजिलो वातावरण छ। तर, अन्य ठाँउका संरचनाको कारण समस्या झेल्नुपर्छ। त्यसमाथी समाज र साथिभाईको सहयोग मिले त ठिकै छ नत्र निकै गाह्रो पर्छ।”