News Portal

रेडियो सुन्नुहोस्

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

संयुक्त अरबमा ४ वर्ष बिताएर फर्किएका हरिबहादुर सुनार गाउँमा कृषिमा रमाउँदै

शशिधर भण्डारी २०८१ भदौ २२
१६५१ पटक
२०८१ भदौ २२

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको छ । गाउँमा कुनै आम्दानीको श्रोत नहुने, अवसर, स्वास्थ्य शिक्षाका लागि गाउँ छोडेर सहर पस्नेहरू दिनानुदिन बढिरहेका छन् ।

“राम्रो अवसर र सुविधाको खोजीमा गाउँ छोडिरहेका छन् ।” सुनारले भने– “६६ वटा घर अहिले पूर्ण रूपमा खाली छन् । ती सबै घरमा ताला झुन्डिएको छ ।” उनका अनुसार कोही स्वदेशका विभिन्न सहरमा त कोही विदेशमा पुगेका छन् ।

तर। सहर पस्नेहरूलाई गाउँमा पनि सम्भावना छ भन्ने प्रेरणा प्रदान गर्दै गाउँमै कृषि उत्पादनमा रमाइरहेका छन्  त्यही गाउँका हरि बहादुर सुनार । गाउँका  १६८ घर मध्ये ६६ घर अवसरको खोजीमा खाली हुँदा हरि गाउँमै कृषिबाट आफ्नो भविष्य खोजिरहेका छन् ।

संयुक्त अवर इमिरेट्स(युएई)को दुबईमा चार वर्ष होटेलमा काम गरेका २९ वर्षीय सुनारलाई विदेशी भूमिमा आत्मसन्तुष्टि मिलेन । गाउँमै आएर केही गर्नुपर्दछ भन्ने लागेर स्वदेश फर्किएपछि तरकारी तथा फलफूल, बाख्रा पालन गरिरहेको उनले बताए । ‘विदेशमा काम गर्न मन लागेन’ सुनारले भने,‘गाउँमा आएर काम गर्दा आत्म सन्तुष्टि मिलेको छ ।’ सुनारले ३६ रोपनी क्षेत्रफलमा कृषि गर्दै आएको बताए ।

ऊनीसँग हाल ४० वटा बाख्रा छन् । ४ रोपनीमा अलैँची खेती छ । २ रोपनीमा किवी फलेर लटरम्म छ । करिब ४ रोपनीमा लोकल काँक्राहरू फलेका छन् । साँच्चिकै सुनारका बारी ग्रामीण किसानका लागि प्रेरणादायी छन् । वार्षिक ६ लाख आम्दानी गर्न सफल भएको सुनारले जानकारी दिए ।

उनको उत्पादन प्युठानको विजुवार र बुटवलका पसलमा सिधै जाने भएपछि विक्री नहोला भन्ने चिन्ता छैन । गाउँको पाखामा उत्पादन हुने डौडे, काँक्रा, फर्सी, अदुवा र टमाटर विक्री गर्दै आएकोमा यो वर्ष देखि किवी समेत थपिएको छ । यो वर्ष आम्दानी थपिने उनले बताए ।

बाग्लिवाङ्गबाट नियमित रूपमा बुटवलसम्मका लागि जिप छुट्ने गरेको छ । सोही जिप मार्फत प्युठानको बिजुवार, भालुवाङ र बुटवलमा कृषि उत्पादन विक्री गर्न सहज बनेको छ । बुबा, आमा, भाउजू र श्रीमती समेत सोही व्यवसायबाट स्वरोजगार बनिरहेका छन् । सुनारलाई गौमुखी गाउँपालिकाको युवा किसानको रूपमा गाउँपालिकाले सम्मान समेत गरेको थियो ।

विषादी रहित उत्पादन:

उनले हालसम्म बजारको रासायनिक मल र विषादी प्रयोग नगरेको बताए । ‘मेरो बारीमा कुनै विषादी छर्ने रोग लागेको छैन, म यसैमा बढी खुसी छु’ सुनारले भने,‘मैले पठाउने तरकारी तथा फलफूल शत प्रतिशत अर्ग्यानिक छन् ।’ उनले बेमौसमी खेती गर्न भने नसकेको बताए । समुन्द्री सतह देखी १ हजार ७ सय मिटरको उचाइ रहेको कारण ढिला उत्पादन सुरु हुने भएकोले केही लागत बढे पनि बेमौसमी जस्तो मूल्य पाउने गरेको उनको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...