News Portal

रेडियो सुन्नुहोस्

नागबेली मार्फत प्युठानमा भित्रँदै छन् ४२ मुर्रा क्रस भैँसी

बोम बहादुर परियार २०८१ भदौ २६
७९५ पटक
२०८१ भदौ २६

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत मुर्रा क्रस भैँसी वितरण गर्न लागेको छ ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बुटवलको आर्थिक सहयोगमा कृषकको ५० प्रतिशत लागत सहभागिता हुने गरी उन्नत जातका ४२ मुर्रा क्रस भैँसी र बिउका लागि एउटा राँगो वितरण गर्न थालिएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, भैँसी पालन दूध उत्पादन तथा बजारीकरण उप–आयोजनाको ६८ लाख र लाभग्राही कृषकको ६८ लाख गरी १ करोड ३६ लाखको परियोजना १ वर्षसम्म सञ्चालन हुने पाण्डेले बताए । उक्त परियोजनाका लागि सहकारीमा आबद्ध २५ जना महिला र ९ जना पुरुष लाभग्राही छनोट भइसकेको सहकारीले जनाएको छ ।

उक्त लागतमा भैँसी तथा राँगा वितरण सँगसँगै पूर्वाधार(गोठ) निर्माण, उन्नत भैँसी खरिद, मोटर सहित च्याँपाकटर खरिद, दाना मिल, मिल्क चिलिंगभ्याट, पावरटिलर खरिद, मिल्क एनालाईजर, औषधी खरिद, दाना खरिद, सिप तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्यूठान नगरपालिका ३ बिजयनगरमा रहेको नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले जुम्रीमा आफ्नै कृषि बजार समेत स्थापना गरेको छ । गतवर्षदेखी संस्थाले मासुजन्य उत्पादन, तरकारी तथा फलफूलजन्य उत्पादन, कृषि उत्पादन, रासायनिक मल, हलेदो, अदुवा, कागती लगायत सामाग्री सङ्कलन तथा बिक्री गर्दै आएको छ ।

३४ वटा सटर रहेको कृषि बजारमा विभिन्न कृषिजन्य उत्पादनको सङ्कलन तथा बिक्री हुने गर्दछ । झन्डै ८ सय सदस्य रहेको सहकारीमा कृषकको उत्पादन वृद्धिका लागि मल तथा बिउ बिक्री  वितरण,कृषकको उत्पादित बस्तु सङ्कलन तथा बिक्री र कृषकको बचत सङ्कलन गर्ने अध्यक्ष पाण्डेले बताए । उनका अनुसार सहकारीले स्थानीय तह र विभिन्न निकायको सहकार्यमा उत्पादित दूधमा अनुदान, पशु बिमा लगायतका कार्यक्रम समेत सञ्चालन गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...