News Portal

रेडियो सुन्नुहोस्

दुई महिनामै स्वर्गद्वारीमा ६२ हजार पर्यटक

बिबश जि.एम.२०८१ असोज १२
७७७ पटक
२०८१ असोज १२

चालु आर्थिक वर्षको २ महिनामा प्युठानको स्वर्गद्वारीमा ६२ हजार बढी पर्यटक भित्रिएका छन् । साउन र भदौ महिनामा मात्रै ६२ हजार २ सय ४४ जना पर्यटकले दर्शन गरेको  स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार साउन महिनामा भारतीय ३८ हजार १ सय १३ र नेपाली पाँच हजार छ सय ७२ गरी ४३ हजार सात सय ८५ ले दर्शन गरेका छन् ।  भदौमा १२ हजार ७९ भारतीय र ६ हजार तीन सय ८० नेपाली गरी १८ हजार चार ५९ पर्यटक स्वर्गद्वारी आएका हुन् ।

स्वर्गद्वारीमा वैशाखे पूर्णिमा र कार्तिकको पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । हिन्दु धर्मालम्बीले साउनको महिनालाई पूजाआजा तथा मन्दिर दर्शनको महिनाका रूपमा  लिने गर्दछन् । त्यसैले यो महिनामा अत्यधिक दर्शनार्थीले स्वर्गद्वारी मन्दिर दर्शन गर्ने गरेको आश्रमले जनाएको छ । अविरल वर्षाका कारण भालुवाङ्ग–प्यूठान सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा गत वर्षभन्दा यो वर्ष केही कम पर्यटक भित्रिएको कोठरी प्रमुख न्यौपानेले बताए । त्यस्तै अघिल्लो वर्ष श्रावणमा ५ वटा सोमवार परेकाले यस वर्ष भन्दा बढी पर्यटक आएको आश्रमको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...