News Portal

रेडियो सुन्नुहोस्

हराए गोरु, भित्रिए गाउँमै मिनिटिलर

शशिधर भण्डारी२०८१ असोज २१
३३३ पटक
२०८१ असोज २१

परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरी क्षेत्रबाट कृषिमा यान्त्रीकरण ग्रामीण भेगमा समेत देखिन थालेको हो ।

केही वर्ष यता ग्रामीण क्षेत्रमा गोरुले जोत्ने प्रचलन हराएर मिनिटिलरले जोत्न थालिएको छ । गाउँमा गोरु देखिन छाडेका छन् । किसानहरूले गोरु पाल्न छाडेर गोरुको काम प्रविधिबाट गर्दै आएका छन् । पाखा भिराला बारीमा मकै, गहुँ, जौ तथा खेतमा तोरी तथा धान छर्नका लागि खेतबारी जोत्ने काम अहिले गोरुको ठाउँमा मिनिटिलर (हाते ट्याक्टर)बाट गर्न थालेका छन् ।

घरमा काम गर्ने मान्छे नहुँदा गोरु पाल्न छाडेर ३ वर्ष देखि हाते ट्याक्टरले बारी जोत्दै आएको सरुमारानी गाउँपालिका–५ राङवाङकी किसान तिलिसरा राना मगरले बताइन् । ‘पहिले घरमा एक हल गोरु अनिवार्य हुन्थे, तर अहिले पाल्न छाडियो’ रानाले भनिन्,‘ तीन वर्ष यता खेतबारीमा हातेट्याक्टरले जोत्नै आएकी छु, गाउँमा गोरु भन्दा ट्याक्टरले जोताउन छिटो र सहजै पाउन सकिन्छ ।’ प्रतिघण्टा ७ सय ५० भुक्तानी गर्ने गरी हाते ट्याक्टरको प्रयोग गर्दै आएको उनले बताइन् ।

यस्तै ऐरावती गाउँपालिका–६ बिजुलीका टेक बहादुर बस्नेतले गाउँमा एकाध घरमा बाहेक गोरु पाल्न छाडिएको बताए । करिब ८० घर रहेको गाउँमा ३/४ घरमा मात्र गोरु पालेको उनले बताए । ‘ गोरु पाल्ने चलन हराएपछि, प्रविधिले समय र लागतमा कम गरेको छ’ उनले भने,‘गोरुले जोत्न नसक्ने ठाउँमा समेत जोत्ने, वर्ष भरी पाल्नु नपर्ने हुँदा धेरै खर्च घटेको छ ।’ युवा जति विदेश र बुहारीहरू बच्चाका लागि गुणस्तरीय शिक्षा भन्दै सहर पस्ने चलनले गोरु पाल्ने जनशक्ति अभाव रहेको बस्नेतले बताए ।  ‘चराउने र घाँस काट्न सक्ने मान्छे अभावमा गोरु पाल्ने चलन हराउँदै गयो’ उनले भने ।

गोरु बेसाएर जोत्न पर्दा महँगो गर्ने भएपछि  किसानहरू ट्याक्टर खोज्न थालेका छन् । गोरुले जातेको जमिन भन्दा हाते ट्याक्टरले जोत्दा उब्जनी घटेको उनीहरूको अनुभव छ । उब्जनी घटे पनि खेतबारी जोत्न गोरु पाउनै मुस्किल छ । गाउँका किसानले मकै भाँचेर गहुँ र तोरी छर्ने तयारी गरिरहेका छन् । अन्न भित्र्याएपछि बाँझो बारी जोत्न मिनिटिलरको पालो कुरेका छन् । युवा शक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराएजस्तै भएको उनीहरूको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...