News Portal

रेडियो सुन्नुहोस्

हराए गोरु, भित्रिए गाउँमै मिनिटिलर

शशिधर भण्डारी२०८१ असोज २१
६३८ पटक
२०८१ असोज २१

परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरी क्षेत्रबाट कृषिमा यान्त्रीकरण ग्रामीण भेगमा समेत देखिन थालेको हो ।

केही वर्ष यता ग्रामीण क्षेत्रमा गोरुले जोत्ने प्रचलन हराएर मिनिटिलरले जोत्न थालिएको छ । गाउँमा गोरु देखिन छाडेका छन् । किसानहरूले गोरु पाल्न छाडेर गोरुको काम प्रविधिबाट गर्दै आएका छन् । पाखा भिराला बारीमा मकै, गहुँ, जौ तथा खेतमा तोरी तथा धान छर्नका लागि खेतबारी जोत्ने काम अहिले गोरुको ठाउँमा मिनिटिलर (हाते ट्याक्टर)बाट गर्न थालेका छन् ।

घरमा काम गर्ने मान्छे नहुँदा गोरु पाल्न छाडेर ३ वर्ष देखि हाते ट्याक्टरले बारी जोत्दै आएको सरुमारानी गाउँपालिका–५ राङवाङकी किसान तिलिसरा राना मगरले बताइन् । ‘पहिले घरमा एक हल गोरु अनिवार्य हुन्थे, तर अहिले पाल्न छाडियो’ रानाले भनिन्,‘ तीन वर्ष यता खेतबारीमा हातेट्याक्टरले जोत्नै आएकी छु, गाउँमा गोरु भन्दा ट्याक्टरले जोताउन छिटो र सहजै पाउन सकिन्छ ।’ प्रतिघण्टा ७ सय ५० भुक्तानी गर्ने गरी हाते ट्याक्टरको प्रयोग गर्दै आएको उनले बताइन् ।

यस्तै ऐरावती गाउँपालिका–६ बिजुलीका टेक बहादुर बस्नेतले गाउँमा एकाध घरमा बाहेक गोरु पाल्न छाडिएको बताए । करिब ८० घर रहेको गाउँमा ३/४ घरमा मात्र गोरु पालेको उनले बताए । ‘ गोरु पाल्ने चलन हराएपछि, प्रविधिले समय र लागतमा कम गरेको छ’ उनले भने,‘गोरुले जोत्न नसक्ने ठाउँमा समेत जोत्ने, वर्ष भरी पाल्नु नपर्ने हुँदा धेरै खर्च घटेको छ ।’ युवा जति विदेश र बुहारीहरू बच्चाका लागि गुणस्तरीय शिक्षा भन्दै सहर पस्ने चलनले गोरु पाल्ने जनशक्ति अभाव रहेको बस्नेतले बताए ।  ‘चराउने र घाँस काट्न सक्ने मान्छे अभावमा गोरु पाल्ने चलन हराउँदै गयो’ उनले भने ।

गोरु बेसाएर जोत्न पर्दा महँगो गर्ने भएपछि  किसानहरू ट्याक्टर खोज्न थालेका छन् । गोरुले जातेको जमिन भन्दा हाते ट्याक्टरले जोत्दा उब्जनी घटेको उनीहरूको अनुभव छ । उब्जनी घटे पनि खेतबारी जोत्न गोरु पाउनै मुस्किल छ । गाउँका किसानले मकै भाँचेर गहुँ र तोरी छर्ने तयारी गरिरहेका छन् । अन्न भित्र्याएपछि बाँझो बारी जोत्न मिनिटिलरको पालो कुरेका छन् । युवा शक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराएजस्तै भएको उनीहरूको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...