News Portal

रेडियो सुन्नुहोस्

प्लास्टिकका मालामा रोक लगाउँदा पुष्प व्यवसायी खुसी

शशिधर भण्डारी२०८१ कार्तिक १०
६२९ पटक
२०८१ कार्तिक १०

स्थानीय तहले प्लास्टिकका पुल र मालाहरूमा रोक लगाएपछि स्थानीय पुष्प व्यवसायी खुसी भएका छन् । जिल्लाका तीन स्थानीय तहमा प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको छ ।

माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकाले प्लास्टिकका फुल र माला प्रयोग तथा बेचबिखन नगर्न सूचना जारी गरेका छन् । चाडपर्वमा प्लास्टिकका माला प्रयोगले पर्वको गरिमा र मानव स्वास्थ्यलाई राम्रो नगर्नुका साथै स्थानीय पुष्प व्यवसायीलाई पनि मार पर्ने हुनाले प्लास्टिकका फूल र माला विक्रीमा रोक लगाइएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । रोक लगाउनुका साथै माण्डवी गाउँपालिकाले फुल खेती गर्नका लागि कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको बताए ।

माण्डवी गाउँपालिका–३ लामाचौरमा फुल खेती गर्दै आएकी  चेतकला के.सी.ले पालिकाले  प्लास्टिकका फूल माला प्रयोगमा रोक लगाएपछि आफूहरूलाई राहत भएको बताइन् ।

९ स्थानीय तह रहेको प्यूठानमा तीन स्थानीय तहले प्लास्टिकजन्य फूल मालाको बिक्री वितरणमा  रोक लगाएको सूचना प्रकाशन गरेका छन् । स्वर्गद्वारी नगरपालिकाले  नगर क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...