News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भित्रिए दर्जन एसी बस, यात्रुलाई सहज

शशिधर भण्डारी२०८१ मंसिर २
६७० पटक
२०८१ मंसिर २

प्यूठानमा यातायात व्यवसायीको प्रतिस्पर्धाले दर्जन नयाँ एसी बसहरू थपिएका छन् । यसले गर्दा सेवाग्राहीलाई यात्रा गर्न  सहज भएको छ । पछिल्लो सात महिनाको अवधिमा प्यूठानमा एक दर्जन बढी स्तरीय बस भित्रिएका छन् । दुई यातायात व्यवसायी कम्पनीबिचको प्रतिस्पर्धाले जिल्लामा धमाधम नयाँ गाडी भित्राएका हुन् ।

प्यूठानका दुई प्रा ली ले ७ महिनाको अवधिमा ११ करोड ५० लाखको १२ वटा एसी सुपर डिलक्स बसहरू भित्राएका छन् । स्वर्गद्वारी गौमुखी प्रा ली ले ९५ लाख पर्ने ७ वटा र नमस्ते प्यूठान प्रा ली ले ९७ लाख पर्ने ५ वटा नयाँ सुपर डिलक्स बस भित्र्याएका छन् । यातायात व्यवसायीहरूको प्रतिस्पर्धाले विशेष गरेर काठमाडौँ जाने-आउने यात्रुलाई सहज भएको सेवाग्राहीहरू बताउँछन् ।

दुई वटा यातायात व्यवसायीको प्रतिस्पर्धा बढेसँगै यातायात सेवाको गुणस्तर बढेको झिमरुक गाउँपालिका १ बाँदिकोटका विमल पोख्रेलले बताए । । ‘एसी र सोफा सिट । बसमा ३ कर्मचारी  । कर्मचारीलाई अझै तालिम दिनुपर्ने देखिए पनि राम्रो व्यवहार भयो,’ पोख्रेलले भने, ‘बसमा सबै यात्रुलाई पानी, बिस्कुट र फ्रुटी दिइन्छ । तिहारको भिडमा पनि क्षमता भन्दा धेरै यात्रु  खनिए पनि सेवा राम्रै दिएका छन् ।’

२०६० मा सङ्घसंस्था दर्ता ऐनअन्तर्गत दर्ता भएको स्वर्गद्वारी सार्वजनिक यातायात अहिले स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली. नामबाट सञ्चालित छ । २०७३ मा सरकारले यातायातको सिन्डिकेट खारेज गरेसँगै नमस्ते प्यूठान यातायात प्रा.ली. सञ्चालनमा आएको थियो । कोरोना सङ्क्रमणपछि दुवै कम्पनीले आपसी सहकार्यमा पुराना बसहरूबाट सेवा प्रवाह गर्दै आएका थिए ।

गत वर्ष आपसी विवादका कारण दुई कम्पनीको सम्झौता भङ्ग भएपछि अलग-अलग सेवा दिन थाले । त्यस यता जिल्लामा सुविधायुक्त सुपर एसी डिलक्स बसहरू भित्रिन थालेका हुन् । यात्रुको सुविधाको लागि सुपर एसी डिलक्स बसहरू भित्र्याइएको नमस्ते प्यूठान यातायात सेवा प्रा.लि.का कार्यालय प्रमुख दिल बहादुर दसौदीले बताए । ‘नेपालमा लन्च भएका स्तरीय अन्य गाडीहरू पनि हेरी रहेका छौँ’ दसौदीले भने ।  नमस्ते  सेवा प्रा लीको  प्युठानबाट काठमाण्डौंका लागि दैनिक १ डिलक्स अर्को सुपर डिलक्स गाडी छुट्ने गरेको छ । स्वर्गद्वारीको २ वट डिलक्स १ वटा सुपर डिलक्स बस छुट्ने गरेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठ बताए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...