News Portal

रेडियो सुन्नुहोस्

काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन

झुलेनी नेटवर्क२०८१ पौष १६
५३४ पटक
२०८१ पौष १६

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता सञ्चालनमा समस्या देखिए पनि माओवादी केन्द्र सरकार ढलोस् भन्ने पक्षमा नरहेको बताएका छन् । सोमबार प्यूठानको जुम्रीमा पत्रकारहरू सँग कुरा गर्दै नेता पुनले काँग्रेस एमालेका नेताहरू वर्तमान सहकार्यबाट धेरै अगाडी जान नसकिने निष्कर्षसहित नयाँ ढङ्गले अगाडी बढ्ने पक्षका सन्देश पठाएको जिकिर गरे ।

‘माओवादी केन्द्र वर्तमान सत्ता गठबन्धन २०८४ सम्मै जावस भन्नेमा छ ।’ नेता पुनले भने–‘तर, उहाँहरूको बिचमा समस्या देखिएको छ । त्यो उहाँहरूले नै भन्ने गर्नुहुन्छ ।’ माओवादी केन्द्र भने यो कार्यकाल भरी यही गठबन्धन अगाडी जाओस् भन्नेमा रहे पनि प्रतिपक्षमा रहेको शक्ति स्वाभाविक हिसाबले वर्तमान सरकारको विकल्प हुने गरेको उनको जिकिर छ । स्वार्थका कारण यो गठबन्धन बनेकाले दुई नेताको स्वार्थ नमिल्दा दिन यो गठबन्धन नरहने उनले बताए ।

रवि लामिछानेको बचाउमा माओवादी लागेको भन्ने पत्रकारको प्रश्नमा नेता पुनले रवि लमिछानेमाथी छानबिन हुनु हुँदैन भन्नेमा माओवादी नरहेको बताए । ‘सबैमाथि छानबिन हुनुपर्छ भन्ने हाम्रो धारणा छ । तर, रातारात हिँडाउने, जिल्ला जिल्ला घुमाउने जे देखिएको छ, त्यसमा मानवअधिकारको सुनिश्चित गरिनुपर्दछ र सत्ताको दुरुपयोग हुनु हुँदैन भन्ने मान्यता हो’ पुनले स्पष्ट पारे ।

वर्तमान राजनीतिमा देखिएका समस्याहरूको समीक्षा गरेर लोकतन्त्रको कोर्सलाई थप सुदृढ बनाउँदै जानुपर्ने उनले औँल्याए । कमजोरीहरूबाट सच्चिएर नयाँ ढङ्गले अगाडि जानुपर्नेमा माओवादी केन्द्र स्पष्ट रहेको बताउँदै नेता पुनले सरकारका गलत कार्यहरूको विरोध गरिने बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री कृष्णध्वज खड्का, नारायण अधिकारी, कृष्ण अधिकारी, प्रभात केसी लगायतको आथित्यता रहेको थियो । टिकाराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हरिप्रसाद भण्डारीले गरेका थिए भने स्वागत यादव पौडेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...